२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दाङमा १० हजार हेक्टर वन थप

अ+ अ-

घोराही । अन्य जिल्लामा वन क्षेत्र मासिएको घटना सुन्नमा पाइन्छ तर पछिल्लो दुई दशकमा दाङको वन क्षेत्र बढेको छ । यो अवधिमा करीब १० हजार हेक्टर वन क्षेत्र बढेको जिल्ला वन कार्यालयले जनाएको छ ।

नदीले कटान गरिएको वन क्षेत्रमा वृक्षरोपण गरी स्थानीयवासीलाई सामुदायिक वनका रुपमा हस्तान्तरण गर्ने कार्यबाट जिल्लाको वन क्षेत्र बढेको डिभिजनल अधिकृत दीपक ज्ञवालीले जानकारी दिए । उनका अनुसार जिल्ला वनले यस वर्षदेखि बगरलाई वन गराउने अभियान थालेको छ ।

जसमा यस वर्ष मात्रै ४० हेक्टर बगरलाई तारजाली गरी करीब ६४ हजार बिरुवा लगाइएको छ । स्थानीय वन समूहकै अगुवाइमा बगरलाई वन बनाउने अभियान थालिएको हो । जसका लागि कार्यालयले स्थानीय जनतालाई प्रोत्साहनस्वरुप बगरलाई वन बनाउने कार्यका लागि स्थानीय वन समूहलाई प्रतिहेक्टर रु १ लाख रकमसमेत उपलब्ध गराएको छ ।

यस वर्ष दाङको ढिकपुर, धर्ना, लक्ष्मीपुरको बेलुवा, हापुरलगायतका नदीले कटान गरी बगर बनेको क्षेत्रमा तारजालीसहित वृक्षरोपण गरिएको कार्यालयले जनाएको छ ।

यस्तै नदी कटान क्षेत्र नियन्त्रणका लागि दाङमा चार हजार बाँसका बिरुवा पनि रोपिएको छ । नदी कटान क्षेत्र नियन्त्रणका लागि डिभिजन वन कार्यालय दाङले चार हजार बाँसका बिरुवा रोपेको छ । बर्सातको समयमा आउने बाढीले जमीन कटान गर्दै आइरहेकामा त्यसलाई नियन्त्रण गर्न नदी तटीय क्षेत्रका विभिन्न पाँच ठाउँमा यो वर्ष चार हजार बाँसका बिरुवा लगाइएको डिभिजन वन कार्यालय दाङले जनाएको छ ।

रोपिएको बिरुवाको संरक्षणका लागि स्थानीय उपभोक्ताहरुकै सक्रियतामा बाँस रोपण कार्य गरिएको डिभिजन वन कार्यालय सूचना अधिकृत खिमुप्रसाद केसीले बताए । उनका अनुसार उपभोक्ताहरुलाई यस वर्ष बाँस रोपेर संरक्षण गरेबापत एक बिरुवा एक सय रुपैयाँसमेत दिइएको छ । प्रत्येक वर्ष बिरुवा रोप्ने तर त्यसको संरक्षण नहुने प्रवृत्तिलाई अन्त्य गर्नका लागि यो वर्षदेखि संरक्षणमुखी वृक्षरोपण कार्यक्रम गरिएको उनले बताए ।

यसैगरी घोराही र तुल्सीपुर उपमहानगरपालिका जोड्ने सडकको छेउमा शोभायमान प्रजातिका बिरुवा लगाउने काम पनि यो वर्षदेखि शुरु गरिएको वन कार्यालयले जनाएको छ । सडक छेउमा गोलमोर, करविन फूल, छतिवन, चाप, कपूर, क्रिसमस ट्री लगायतका नयाँ प्रजातिका तीन हजार ५०० बिरुवा रोपी तारबार गर्नेसमेत कार्यक्रम रहेको छ ।

त्यस्तै उत्तरतर्फको जङ्गलमा यो वर्ष मात्रै ५० हजार जडीबुटी लगाइने भएको छ । बङ्गलाचुली, बिजौरी, धर्ना लगायतका पहाडी भेगमा कुरिलो, सर्पगन्धा, तेजपात, अमला प्रजातिका ५० हजार बिरुवा लगाउन शुरु गरिएको छ ।रासस

प्रतिक्रिया दिनुहोस