काठमाडौँ । कृषि विकास बैङ्कले बैङ्कले वरिष्ठ शाखा प्रमुखदेखि लेखापालसम्म गरी ३ सय ८४ जनाका लागि दरखास्त आव्हान गरेको छ ।
बैङ्कका आर्थिक वर्ष २०७५/७६ को वार्षिक बजेट तथा कार्यक्रममा स्वीकृत कर्मचारी दरबन्दीमा रिक्त रहेको आवश्यक जनशक्ति स्थायी पूर्ति गर्नुपर्ने भन्दै दरखास्त माग गरेको हो ।
बैङ्कद्वारा प्रकाशित सूचना अनुसार वरिष्ठ शाखा प्रमुख ८ जना , वरिष्ठ लेखा अधिकृत २२ जना, वरिष्ठ इन्जिनियर (आइटी) २० जना, व्यवसाय सहायक एक सय सात जना एमआईएस सहायक १३, सिभिल ओभरसियर ५ जना छन्।
त्यसै गरी बैङ्कले तीन वटा केन्दका लागि लेखापाल माग गरेको छ। जस अनुसार विराटनगर केन्द्रका लागि ६७ जना, भैरहवा केन्द्रका लागि सय जना र सुर्खेत केन्द्रका लागि ४२ जना लेखापालको माग गरिएको छ।
दरखास्त साउन २० गतेसम्म अनलाइनबाटै भर्न सकिने छ।
यस्तो छ विज्ञापन :