३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जलवायु परिवर्तनको नकारात्मक असर नेपालमा : प्रधानमन्त्री ओली

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा जलवायु परिवर्तनको नकारात्मक असर परेको बताएका छन् । ग्रीनहाउस ग्यास उत्र्सजनमा नेपालको भूमिका नगण्य भए पनि नेपालले यसको असर खेपिरहनु परेको प्रधानमन्त्री ओलीको भनाइ छ ।

वन तथा वातावरण मन्त्रालयको आयोजनामा राजधानीमा आयोजित जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय गोष्ठीको आज उद्घाटन गर्दै प्रधानमन्त्रीले सो कुरा बताएका हुन् ।

“नेपालको भू–बनावटका कारण संसारभरका मानिस रुचिपूर्वक प्राकृतिक सुन्दरताको अवलोकन गर्न मात्र होइन अनुसन्धान गर्न पनि यहाँ आउने गरेका छन् ” प्रधानमन्त्री ओलीले भने ।

प्रधानमन्त्री ओलीले विश्वस्तरमा बढ्दो तापक्रम, ग्लेसियरको तह पातलो हुँदै गएको अवस्था र अस्वाभाविक वर्षाका कारण जनजीवनमा गम्भीर र नकारात्मक असर परिरहेको बताएका छन् । “जलवायु परिवर्तनकै कारण बालीनाली प्रभावित भएका छन्, आवास तथा संरचनाको क्षति भइरहेको छ” प्रधानमन्त्री ओलीले भने, “यी सबै कारणहरूले अर्थतन्त्रमा ठुलो घाटा भइरहेको छ ।”

“हाम्रा सामु जलवायु परिवर्तका असर र चुनातीहरुको सामना गर्न जनतालाई बढी सशक्त बनाउने र त्यस्ता असरहरूलाई सम्बोधन गर्न तयार रहने बाहेक उपाय छैन” प्रधानमन्त्री ओलीले भने, “हाम्रो संविधानको धारा ३० ले स्वच्छ वातावरणमा बाँच्न पाउने नागरिकको आधारभूत अधिकारलाई सुनिश्चित गरेको छ । यो धाराको पूर्ण कार्यन्वयन गर्न सरकार प्रतिबद्ध छ ।”

सरकारले हरेक वर्ष प्राकृतिक प्रकोपलाई व्यवस्थापन गर्न ठुलो परिमाणमा स्रोतको व्यवस्था गर्ने गरेको प्रधानमन्त्री ओलीको भनाइ छ ।

प्रधानमन्त्री ओलीले आगामी मार्च महिनामा नेपाल सरकारको आयोजनामा सगरमाथा सम्वादको आयोजना गर्न लागिएको जानकारी दिएका छन् । “त्यो अन्तर्राष्ट्रिय मञ्चमा मानव जातिका समकालीन विषयवस्तुउपर गम्भीर विमर्शका लागि विश्वका नेता, वैचारिक नेता र सरोकारवालाहरूको जमघट हुनेछ” प्रधानमन्त्री ओलीले भने,“आउँदो पहिलो सम्वादको विषय जलवायु परिवर्तन नै हुनेछ ।”

प्रतिक्रिया दिनुहोस