२९ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रवीन्द्र समीरको ‘मृत्युको आयु’ बजारमा

अ+ अ-

काठमाडौं । जनस्वास्थ्यविज्ञ तथा लघुकथा विधाका हस्ताक्षर रवीन्द्र समीरको नयाँ उपन्यास कृति ‘मृत्युको आयु’ बजारमा आएको छ ।

वैदेशिक रोजगारीका लागि खाडी मुलकमा पुगेका एक व्यक्तिको मृत्युपछि उनको आत्माको दृष्टिकोणबाट लेखिएको यो नवीनतम कृतिले वैदैशिक रोजगारीमा जानेहरुको कारूणिक कहरलाई काल्पनिक भाषामा प्रस्तुत गरेको छ ।

फाइनप्रिन्टले प्रकाशन गरेको कृतिमा संरचनात्मक नयाँपनको खोजी गरिएको छ । लघुकथाका रुपमा पढ्न सकिने ससाना कथालाई उनेर लेखकले उपन्यास तयार गरेका हुन् ।

यही नयाँपनलाई लक्ष्य गर्दै आख्यानकार नयनराज पाण्डेले एउटा खास किसिमको ढाँचामा आइरहेको नेपाली आख्यान क्षेत्रमा ‘मृत्युको आयु’ फरक खालको कथावाचन शैलीमा प्रस्तुत भएको जनाउँदै विप्रेषणका भरमा टिकिरहेको नेपाली अर्थतन्त्र र त्यसले व्यक्ति, परिवार र समाजमा पारिरहेको भयावह प्रभावको सशक्त एवम् मार्मिक चित्रणले उपन्यासलाई समकालीन समस्यासित जोड्ने आफ्नो भूमिकामा उल्लेख गरेका छन् ।

स्वैरकाल्पनिक शैलीमा लेखिएको उपन्यास चोटिलो र मर्मस्पर्शी रहेको आख्यानकार अमर न्यौपानेले बताएका छन्, त्यस्तै लेखक तथा व्यवसायी जीवा लामिछानेले मृतकको आत्माले कहेको यो कथा मार्मिक र अझ बढी पीडादायी भएको जनाएका छन् ।

लेखक समीरले लघुकथाहरुलाई बुनेर उपन्यास बनाउने प्रयोग गरेको बताएका छन् । उनका अनुसार यसमा रहेका १६६ लघुकथा आफैंँमा स्वतन्त्र छन् । यिनबाट बनेको उपन्यास पनि आफैँमा स्वतन्त्र रहेको उनको भनाइ छ ।

यसअघि चिकित्सक नाम डा.रवीन्द्र पाण्डे भएका समीरका आठ लघुकथा सङ्ग्रह, एक एक मुक्तक सङ्ग्रह, नियात्रा सङ्ग्रह र संस्मरण प्रकाशित छन् । पछिल्लो कृति उनको बाह्रौंँ साहित्यिक कृति हो ।

उनले पद्मश्री साहित्य पुरस्कार, उत्तमशान्ति पुरस्कार, युवा वर्ष मोती पुरस्कार, अनेसास उत्कृष्ट पुरस्कारलयायत थुप्रै राष्ट्रिय तथा अन्तरराष्ट्रिय पुरस्कार एवम् सम्मान प्राप्त पनि प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस