२७ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बलात्कारको सहयोगी पक्राउ

अ+ अ-

सप्तरी । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वभनगामा कट्टीस्थित लक्ष्मीबल्लभ नरसिङ माध्यमिक विद्यालयमा एक किशोरीमाथि भएको बलात्कार घटनाको नयाँ रहस्य खुलेको छ । झुक्याएर मदिरा खुवाई १४ वर्षीयामाथि बलात्कारमा सहयोग गरेको आरोपमा उनकै काकी मङ्गलबार पक्राउ परेकी छन् ।

सर्वत भन्दै झुक्याएर स्प्राइटमा मदिरा मिसाएर वाइन खुवाएपछि नशामा लठ्ठिएकी बालिकामाथि बलात्कार गरिएको पीडितले बताउनुभएको छ । यो घटनाको मुख्य योजनाकार ती बालिकाकी नाताभित्रकै ३५ वर्षीया काकी रहेको उजुरी परेकाले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक भावेश रिमालले बताए ।

करीब रु तीन करोडको लागतमा लक्ष्मीबल्लभ नरसिंह माविको प्राङ्गणमा निर्माण भइरहेको नयाँ भवनमा मजदुरी गर्ने बालिकालाई पारिश्रमिक दिने बहानामा अबेर रातिसम्म प्रतिक्षा गर्न लगाई नास्तापानी खान जोरजबर्जस्ती गरी झुक्याएर नशालु पदार्थ सेवन गराइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक रिमालले बताए ।

मजदुरीको काममा लगाइदिने काकीकै दबाबमा विद्यालयका कार्यालय सहायक शिवशङ्कर मण्डल र भवन निर्माणको रेखदेख गर्ने नाम, ठेगाना थाहा नभएको मुन्सीले झुक्याएर नशालु पदार्थ सेवन गराई घटना गराएको पीडितले बताएका छन् । घटना अघिल्लो बुधबार रातिको हो । बुधबार दिउँसै ढलानको काम सकिएपछि पारिश्रमिक माग्दा ठेकेदार चेक साट्न गएको छ भनी आरोपितको कोठामा बस्न लगाई माछा र स्प्राइट खान दिइएको पीडितले बताए ।

भतिजीलाई झुक्याउँदै स्प्राइटमा वाइन मिसाएर नशामा लठ्याई बलात्कार गर्न लगाएको तथ्य बिहीबार छोरी होसमा आएपछि बताएको पीडितकी आमाले बताए । पीडितकी आमाले दिएको जाहेरीका आधारमा प्रहरीले उनकी काकीलाई पक्राउ गरेर जबर्जस्ती करणीअन्तर्गतको मुद्दा चलाउन जिल्ला अदालत सप्तरीबाट मङ्गलबार म्याद थप गरेर घटनाको अनुसन्धान शुरु गरेको जनाएको छ । प्रहरीले अभियुक्त मण्डल र मुन्सीलाई घटनामा संलग्न मुख्य अभियुक्त तथा पीडितकी काकीलाई भने घटनाको मुख्य योजनाकारका रुपमा अनुसन्धान शुरु गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस