२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रपति रनिङ शिल्डको उपाधि गौरीशङ्करलाई

अ+ अ-

कास्की । जिल्लास्तरीय ११औँ राष्ट्रपति रनिङ शिल्ड अन्तरविद्यालय खेलकूद प्रतियोगिताको उपाधि गौरीशङ्कर माविले जितेको छ । प्रतियोगितामा एथलेटिक्सतर्फ नौ स्वर्ण, तीन रजत र तीन कास्य पदकसहित गौरीशङ्करले दोस्रो पटक उपाधि जितेको हो ।

पोखरा रङ्गशालामा दुई दिनसम्म सञ्चालन भएको उक्त प्रतियोगितामा टप्स माविले एथलेटिक्सतर्फ छ स्वर्ण र पाँच रजत तथा छात्रा भलिबलमा स्वर्ण जित्दै दोस्रो भएको छ । कुमुदिनी होम्स एथलेटिक्समा तीन स्वर्ण जित्दै तेस्रो भएको जिल्ला खेलकूद विकास समितिका कार्यालय प्रमुख प्रकाश बरालले जानकारी दिए ।

यस्तै छात्रतर्फ तीन स्वर्ण पदक जितेका कुमुदिनीका सागर नेपाली तथा छात्रातर्फ पाँच स्वर्ण हात पारेका गौरीशङ्करका अनिशा भण्डारी प्रतियोगिताका उत्कृष्ट खेलाडी घोषित भए । दुवैले जनही रु ५ हजार पुरस्कार प्राप्त गरे । विजयी विद्यालय र खेलाडीलाई गण्डकी प्रदेश खेलकूद विकास समितिका अध्यक्ष सम्पन्न श्रेष्ठ, जिल्ला खेलकूद विकास समितिका अध्यक्ष याम गुरुङ, गण्डकी प्रदेश खेलकूद कार्यालयका प्रमुख लक्ष्मणप्रसाद योगीलगायतले पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगितामा चार गाउँपालिका र पोखरा महानगरपालिकाका २९२ खेलाडी सहभागी थिए । जिल्लास्तरीय प्रतियोगितामा पहिलो र दोस्रो हुने खेलाडी असार २६ गतेदेखि शुरु हुने प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डमा सहभागी हुने कार्यालय प्रमुख योगीले जानकारी दिए ।