विषादी परीक्षण गर्न माग गर्दै सर्वोच्चमा रीट « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

विषादी परीक्षण गर्न माग गर्दै सर्वोच्चमा रीट


२४ असार २०७६, मंगलबार


काठमाडौं । तरकारी र फलफूलको विषादी परीक्षण गर्न माग गर्दै सर्वोच्चमा रीट दर्ता भएको छ । भारतबाट नेपाल भित्रिने तरकारी र फलफूलको विषादी परीक्षण अनिवार्यरुपमा गर्न आदेशको माग गर्दै मंगलबार सर्वोच्च अदालतमा रीट दर्ता भएको हो ।

स्वतन्त्र राष्ट्रिय अभियानका तर्फबाट अधिवक्ता स्वागत नेपाल र नारायणप्रसाद दुवाडीले रीट दर्ता गराएका हुन् ।

स्वास्थ्य खान पाउनु नागरिकको मौलिक हकसमेत भएकाले जाँच्ने मेसिनको अभावको बाहनामा विषादीयुक्त तरकारी बेच्न नपाइने रीट निवेदनकहरुको भनाइ छ ।

विषादीयुक्त भारतीय तरकारी नेपालमा बेच्न छुट दिने मन्त्रिपरिषदको असार १९ को निर्णय खारेज हुनुपर्ने रिट निवेदकहरुले माग गरेका छन् ।

रीटमाथिको पहिलो छलफल बुधबारका लागि तोकिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस