घुस लिएको आरोपमा कार्यालय सहयोगी खड्काविरुद्ध मुद्दा « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

घुस लिएको आरोपमा कार्यालय सहयोगी खड्काविरुद्ध मुद्दा


२० असार २०७६, शुक्रबार


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौँ महानगरपालिका–९ गौशालाका कार्यालय सहयोगी गोविन्द खड्का विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार आरोपी खड्काले व्यवसाय सञ्चालन गरेबापत वडा कार्यालयमा नियमानुसार तिर्नुपर्ने रकम तिर्न जाँदा कार्यालय सहयोगी खडका्ले रु दश हजार घुस मागेको अभियोग लागेको छ ।

कर तिर्ने काममा सहजीकरण गरिदिने भन्दै खडकाले घुस मागेको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस