२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रतिनिधिसभा बैठकबाट विनियोजन विधेयक बहुमतले पारित

अ+ अ-

काठमाडौं । प्रतिनिधिसभा बैठकबाट ‘विनियोजन विधेयक, २०७६’ बहुमतले पारित भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री युवराज खतिवडाले “विनियोजन विधेयक, २०७६ लाई पारित गरियोस्’ भनी प्रस्तुत गरेको प्रस्ताव बैठकले पारित गरेको हो ।

साथै अर्थमन्त्री खतिवडाले ‘आर्थिक विधेयक, २०७६ माथि विचार गरियोस्’, ‘राष्ट्र ऋण उठाउने विधेयक, २०७६ माथि विचार गरियोस्’ र ऋण तथा जमानत ९तेइसौं० संशोधन० विधेयक, २०७६ माथि विचार गरियोस्’ भनी प्रस्तुत गरेको बेग्लाबेग्लै प्रस्तावलाई पनि बैठकले बहुमतले स्वीकृत गरेको छ ।
बैठकमा ती विधेयकमाथिको छलफलमा सांसदले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री खतिवडाले सेवामा कर लाग्छ तर कुन सेवामा कसरी लगाउने भन्ने र करको दरबारेमा भने छलफल गर्न सकिन्छ भने ।

उनले भने, ‘पूर्वाधार निर्माण र पूँजीगत खर्चका लागि ऋण लिने भनिएको हो, आन्तरिक ऋण स्वीकार्य सीमाभित्रै छ ।’ बैठकमा सांसदले सरकारले करको दायरा बढाउनाको साटो जनतालाई दुःख दिने नियतले करको दर किन बढाएको भनी प्रश्न गरेका थिए ।

यसअघि दुर्गा पौडेल, प्रेम सुवाल, दिव्यमणि राजभण्डारी, रङ्गमती शाही, मीनेन्द्रप्रसाद रिजाल, राजेन्द्रकुमार केसी, मीनबहादुर विश्वकर्मा, उमा रेग्मी, सुजाता परियार, सत्यनारायण शर्मा खनाल, गगनकुमार थापा, लक्ष्मी परियार, बहादुरसिंह लामा तामाङ, दिलेन्द्रप्रसाद बडू, नारायण खड्का, डिला सङ्ग्रौला, सञ्जयकुमार गौतम, ज्ञानेन्द्रबहादुर कार्की, देवेन्द्रराज कँंडेल, विजयकुमार गच्छदार र पार्वता डिसी चौधरीले विनियोजन विधेयकअन्तर्गत विभिन्न मन्त्रालयसम्बन्धमा राखेको खर्च कटौतीको प्रस्ताव बैठकको बहुमतले अस्वीकृत गरेको थियो । प्रतिनिधिसभाको अर्को बैठक यही असार १३ गते अपराह्न ४ बजे बस्नेछ ।

प्रतिक्रिया दिनुहोस