३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महिला अधिकारकर्मीद्वारा नगर प्रमुखको राजीनामा माग

अ+ अ-

सुर्खेत । कर्णालीका महिला अधिकारकर्मीहरुले इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारिकालाल चौधरीको राजीनामा माग गरेका छन् । महिला अधिकारका क्षेत्रमा कार्यरत त्यहाँका नौ महिला अधिकारवादी संस्थाका प्रमुखले सामूहिकरूपमा राजीनामा माग गरेका हुन् ।

महिला अधिकारवादीको संयुक्त हस्ताक्षरित जारी विज्ञप्तिमा भनिएको छ, “स्वतन्त्र अधिकार हनन गरी समग्र महिलाको बेइज्जत गर्ने नगर प्रमुखलाई सरकारले यथाशीघ्र कारवाही गर्नुपर्छ ।” महिलाहरुले राखेको माग सरकारले सुनुवाइ नगरे देशभरिका महिलाले सडक तताउने उनीहरुले चेतावनी दिएका छन् । अश्लील अभिव्यक्ति दिने र महिलाको सम्मानमा प्रहार गरेकाले कारवाहीका लागि माग गरिएको आवाज संस्था सुर्खेतका प्रमुख पवित्रा शाहीले जानकारी दिइन् ।

“जननिर्वाचित प्रतिनिधिले सार्वजनिक स्थानमै महिलाको अस्मितामाथि दाग लाग्ने खुलेआम अभिव्यक्ति दिने नगर प्रमुख कुर्चीमा बस्न योग्य छैनन्,” अध्यक्ष शाहीले भने, “समग्र महिलाको बेइज्जत गरेकाले नैतिकताका आधारमा उनले राजीनामा दिनुपर्दछ ।” सामाजिक, कानूनी र मानवीय अपराध गरेको व्यक्ति जनताको प्रतिनिधि हुन नसक्ने उनको जिकिर थियो ।

पदीय मर्यादा नाघेर अभिव्यक्ति दिने नगर प्रमुख चौधरी जननिर्वाचित प्रतिनिधि हुन नसक्ने महिला मानवअधिकार रक्षक सञ्जालका प्रतिनिधि निशा पौडेलले जिकिर गरिन् । यता एकल महिला समूह सुर्खेतका अध्यक्ष शीतलसिंह राठौरले नगर प्रमुखले पदको दुरुपयोग गरेको आरोप लगाइन् । यसरी महिलाको आत्मसम्मानमा आँच आउनेगरी बोल्ने नगर प्रमुख चौधरीलाई रति पनि नछोड्ने उनको भनाइ थियो ।

नगर प्रमुख चौधरीले केही दिनअघि सार्वजनिकरुपमा बोलेको भिडियो भाइरल भएको थियो । उनको विरुद्धमा आवाज संस्था, महिला मानवअधिकार रक्षक सञ्जाल, एकल महिला समूह, सङ्कल्प सञ्जाल, मगर महिला सङ्घ कर्णाली प्रदेश, वाम संस्था, सुन्दर नेपाल, राष्ट्रिय आदिवासी जनजाति महिला सङ्घ, बेजिङ कमिटी र मगर महिला सङ्घ सुर्खेतले संयुक्त हस्ताक्षरित विज्ञप्ति जारी गरेका छन् । रासस

प्रतिक्रिया दिनुहोस