२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रदेश योजना आयोग उपाध्यक्षमा डा. गौतम

अ+ अ-

बुटवल । प्रदेश नं. ५ योजना आयोगको उपाध्यक्षमा व्यवस्थापन विज्ञ प्राध्यापक डा. ईश्वर गौतम नियुक्त भएका छन् ।

प्रदेश सरकार मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेश योजना आयोग उपाध्यक्षमा बुटवलका डा.गौतमलाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले जानकारी दिए । प्रदेश योजना आयोगको उपाध्यक्षबाट डा.प्रकाशकुमार श्रेष्ठले गत जेठ १४ दिएको राजिनामा सोही मितिबाट लागू हुनेगरी स्वीकृत गरिएको सरकारका प्रवक्ता चौधरीले जानकारी दिए ।

पाल्पाको कुसुमखोलामा विसं २०१६ मा जन्मेका नव नियुक्त उपाध्यक्ष प्रा डा.गौतमले माध्यमिक तह सम्मको अध्ययन स्थानीय विद्यालयबाट र स्नातकोत्तरसम्मको अध्ययन त्रिभुवन विश्वविद्यालयबाट पूरा गरेका छन् ।

उनले भारतबाट सन् २००० मा श्रमको व्यवस्थापन विषयमा विद्यावारिधि र सन् १९८४ मा सामुदायिक विकास विषयमा शोध गरेका थिए ।

बुटवलको लुम्बिनी वाणिज्य क्याम्पस स्थापनाकालदेखि अध्यापन गरेका डा गौतमले पटक/पटक गरेर झण्डै २२ वर्ष क्याम्पस प्रमुखको जिम्मेवारी निर्वाह गरे । सो क्याम्पस उपत्यका बाहिर उत्कृष्ट शिक्षण संस्थाको रुपमा मानिन्छ । पछिल्लो समयमा डा.गौतमले प्रदेश सरकारको आवधिक योजना निर्माणमा उद्योग तथा औद्योगिक क्षेत्रको सम्भावना विषयमा अध्ययन गर्नुका साथै प्रदेश विश्वविद्यालयको सम्भाब्यता अध्ययनको जिम्मेवारी अन्तिम चरणमा पुर्‍याएका छन् ।

बैठकले मुख्यमन्त्री कार्यालयको तर्फबाट प्रस्तावित सुशासनको प्रत्याभूति गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभा समक्ष पेश गर्न स्वीकृती प्रदान गर्ने निर्णय गरेको छ । यो विधेयकमा प्रदेशमा रहेका सरकारी तथा गैरसरकारी क्षेत्रको सुशासन कायम गर्न नीति, विधि र र कार्यान्वयनमा जोड दिने प्रवक्ता चौधरीले जानकारी दिए ।

सुशासन कायम गर्न मुख्यमन्त्रीको संयोजकत्वमा प्रदेश सरकारका सबै मन्त्री र प्रदेश सरकारका प्रमुख सचिव समेत सदस्य रहने गरी उच्चस्तरीय निर्देशक समिति, प्रदेश सरकारका प्रमुख सचिवको संयोजकत्वमा सरकारका सम्पूर्ण सचिव सदस्य तथा मुख्यमन्त्री कार्यालयका सुशासन हेर्ने सचिव सदस्य सचिव रहने अनुगमन तथा मूल्याङ्कन समितिको व्यवस्था विधेयकले गरेको छ ।

साथै सबै मन्त्रालयमा मन्त्रालयका सचिव संयोजक रहने गरी सम्बन्धित मन्त्रालयका निर्देशनालय प्रमुख र महाशाखा प्रमुख सदस्य रहने गरी अनुगमन तथा मूल्याङ्कन एकाइ रहने व्यवस्था विधेयकले गरेको छ ।

बैठकले चीन सरकारका विभिन्न प्रान्तका नगरपालिकासँग प्रदेश नं ५ का दुई वटा नगरपालिकाको भगिनी सम्बन्ध स्थापित गर्ने प्रस्तावलाई नेपाल सरकार समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

दाङको घोराही नगरपालिकालाई चीनको सिचुवान प्रान्तको यान नगरपालिकासँग, बर्दियाको ठाकुरबाबा नगरपालिकालाई सिचुवान प्रान्तको यान नगरपालिकासँग र गोहिझाउ प्रान्तको लिउयानसुइ नगरपालिकासँग भगिनी सम्बन्ध कायम गर्न अनुमतिका लागि नेपाल सरकारसँग सिफारिस गर्ने निर्णय गरेको प्रवक्ता चौधरीले जानकारी दिए ।

यस्तै सामाजिक विकास मन्त्रालयको प्रस्तावमा दाङको लमही नगरपालिकाले उपलब्ध गराएको जग्गामा प्रादेशिकस्तरको ट्रमा सेन्टर अस्पताल स्थापना गर्ने र रुपन्देहीको सैनामैना नगरपालिकामा ज्येष्ठ नागरिक तथा अपाङ्गता ग्राम स्थापना कार्य अघि बढाउन सो बैठकले स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस