१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आँपको मूल्यमा दोब्बर वृद्धि

अ+ अ-

गाईघाट । आँपको उत्पादनमा कमी आएपछि यसको मूल्यमा दोब्बरले वृद्धि भएको छ ।

यो वर्ष उदयपुरलगायत यस क्षेत्रमा आँपको उत्पादनमा कमी आएपछि अहिले काँचो आँपको मूल्यमा समेत गत वर्षभन्दा दोब्बरले वृद्धि भएको छ । फूल फुलेर फल लाग्ने मौसममा आँपको राम्रो फल लागेको भए तापनि पटक–पटक आएको हावाहुरी र असिनाले उदयपुर जिल्लामा आँप उत्पादनमा ठूलो क्षति भएपछि उत्पादनमा कमी भएको कारण मूल्य वृद्धि भएको आँप उत्पादक व्यावसायिक कृषक र व्यापारी बताउँछन् ।

गत वर्ष यो समयमा काँचो आँपको मूल्य प्रतिकिलो रु ४० देखि ५० सम्म रहेको थियो । यो वर्षको सोही समयमा काँचो आँपको मूल्य प्र्रतिकिलो रु १०० देखि १२५ रहेको गाईघाटका आँप व्यापारी रामजी साहले बताए ।

गाईघाटका अर्का आँप व्यापारी दुर्गेस दासले अहिले बोटमा नै काँचो आँपको मूल्य प्रतिकिलो रु १०० भन्दा बढी पर्ने गरेको बताए । ‘यस पटक हावाहुरी र असिनाले चैतमा धेरै आँपका चिचिला खसाल्यो, प्रायः आँपका बगानमा २५ प्रतिशत आँपमात्र बाँकी रहेको छ, अब सस्तो मूल्यमा बिक्री गर्न नसकिने अवस्था छ’, चौदण्डी नगरपालिका–३ हँडियाका व्यावसायिक आँप उत्पादक कृषक धीरेन्द्र चौधरीले भने ।

यस पटक फागुनको अन्तिम हप्ता र चैतको पहिलो हप्तामा नै हावाहुरी र असिनाले फल लाग्दै गरेको आँपमा ठूलो क्षति पु¥याएकाले आँप उत्पादक कृषकले ठूलो घाटा व्यहोर्नु परेको त्रियुगा नगरपालिका–१ जोगीदहका अमर खड्काले बताए ।

खड्काले भने, ‘व्यापारीले बाहिरबाट रासायनिक पदार्थ मिसाएर ल्याएको सस्तो आँप अहिले बजारमा सस्तो मूल्यमा बिक्री हुने गरेको हामीले सुनेका छौँ, तर हामीले उत्पादन गरेको आँप आर्गेनिक आँप भएको कारण घाटा व्होरेर सस्तोमा बिक्री गर्न सक्दैनौं ।’ आँप उत्पादक कृषकले नै आँपको मूल्य सस्तोमा बिक्री गर्न नसकिने भने पनि यस पटक उदयपुरलगायतका स्थानमा काँचो आँपको मूल्य नै महँगो पर्न थालेको उपभोक्तासमेत बताउँछन् ।

यस वर्ष आँपको मूल्य गत वर्षको तुलनामा दोब्बरले वृद्धि भएको चौदण्डीगढी नगरपालिका–२ बेल्टार बजारका कुमार परियारको धारणा छ । काँचो आँपको मूल्य नै प्रतिकेजी रु १०० पर्न थालेपछि यस पटक ग्राहकले आँप किनेर खान निकै महँगो पर्ने अवस्था आएको गाईघाट बजारका स्थानीय राजकुमार राउतको भनाई छ ।

उदयपुर जिल्ला बेलका नगरपालिकाको पुरनदह, भागलपुर, तपेस्वरी, चौदण्डी नगरपालिकाको हँडिया, सुन्दरपुर तथा त्रियुगा नगरपालिकाको जोगीदह, मोथ्याई, विषणपुर, पोर्ताह, बगाहा, श्रीपुर क्षेत्रमा व्यावसायिक रुपमा आँप उत्पादन हुँदै आएको छ ।

यस्तै जिल्लाको पहाडी क्षेत्रको पञ्चावती दनुवारबेसी र कटारीको त्रिवेणी, रिस्कु क्षेत्रमा व्यावसायिक रुपमा आँप उत्पादन हुँदै आएको जिल्ला कृषि ज्ञान केन्द्र उदयपुरले जनाएको छ । उदयपुरमा झण्डै १५० हेक्टर क्षेत्रफलमा आँप खेती हुँदै आएको छ । रासस

प्रतिक्रिया दिनुहोस