१२ जेष्ठ २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रिय परिचयपत्रका लागि छलफल

अ+ अ-

खस्यौली । राष्ट्रिय परिचयपत्र सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्तालाई प्रभावकारी बनाउन शनिबार भैरहवामा छलफल भएको छ ।

सामाजिक सुरक्षा भत्ता वितरणमा सहजता ल्याउन, राष्ट्रिय परिचयपत्र वितरण कार्यक्रमको कार्यान्वयन, पञ्जीकरण व्यवस्थापनको अझ प्रभावकारी कार्यान्वयनको उद्देश्यले छलफल शुरु गरिएको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक दीपक काफ्लेले बताए ।

उहाँले सबै नागरिकको एकीकृत अभिलेख राख्ने प्रणालीको विकास गर्न पञ्जीकरण आवश्यक भएकोमा जोड दिँदै राष्ट्रिय परिचयपत्र वितरणले करछली र गैरकर राजश्व व्यवस्थापन हुने उल्लेख गरे।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अर्जुन पोखरेलले व्यक्तिगत घटना दर्तामा धेरै जिल्लामा समस्या आएको उल्लेख गर्दै विदेशीलाई पनि अभिलेखीकरण गर्न आवश्यक भएको बताए ।

बुटवल उपमहानगरपालिकाकी उपप्रमुख गोमा आचार्यले बुटवल उपमहानगरपालिकाले आफैँ अभिलेखीकरणको प्रक्रिया शुरु गरेको जानकारी दिए । बुटवल उपमहानगरपालिकाका प्रशासकीय अधिकृत चक्रपाणि शर्माले बुटवलमा एक महीनामा ८० व्यक्तिगत घटना दर्तामा संशोधनको विषय आएको उल्लेख गरे।

नागरिकको जैविक तथा वैयक्तिक विवरण र विद्युतीय चिप एवं सुरक्षणसहितको राष्ट्रिय परिचयपत्र नम्बर उल्लेख गरिएको वायोमेट्रिक स्मार्ट कार्डलाई राष्ट्रिय परिचयपत्रका रुपमा लिइएको छ । यसको प्रयोग विश्वका १०० देशमा भएको छ । विसं २०७५ मङ्सिर ३ गतेदेखि पाँचथरबाट राष्ट्रिय परिचयपत्रको वितरण शुरु भएको थियो ।

सरकारले आगामी वर्ष १५ जिल्लामा राष्ट्रिय परिचयपत्र वितरण गर्दै छ । खासगरी प्रदेश नं ५ को गुल्मी, कपिलवस्तुका साथै मोरङ, झापालगायतका जिल्लामा सो परिचयपत्र वितरण हुनेछ । रासस

प्रतिक्रिया दिनुहोस