१४ जेष्ठ २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काफल बेचेर घरखर्च जोहो गर्दै महिला

अ+ अ-

लमही । दाङका सदरमुकाम र राजमार्ग आसपास क्षेत्रमा गाउँका न्यून आयस्रोत भएका परिवारका महिलाले काफलबाट वर्ष दिनको खर्चको जोहो गर्न थालेका छन् ।

विपन्न परिवारका महिलाका लागि यस याममा पाक्ने काफल आम्दानीको राम्रो स्रोत बनेको छ । मौसम अनुसारका फलफूलको व्यापार गरेर आम्दानी गर्दै आएका महिलाले अहिले काफलबाट राम्रो आम्दानी गरिरहेका छन् ।

दाङका सदरमुकाम र राजमार्ग आसपास क्षेत्रमा मौसम अनुसारका फलफूल तथा जङ्गली फल काफल बेच्नेको ताति नै लाग्ने गरेको छ ।

दाङका विभिन्न बजारमा काफल बेचेर उनीहरुले दैनिक रु चार हजारसम्म आम्दानी गर्ने गरेका छन् । सल्यान कपुरकोटबाट ल्याएका काफल बेचेर मात्रै दैनिक रु ४ हजारसम्म आम्दानी गर्ने गरेको तुलसीपुर बजारमा काफल बेच्दै आएकी धनसरी घर्तीले बताइन् । ‘दिनमा रु ४ हजारसम्म कमाइ हुन्छ’, उनले भनिन्, “कहिलेकहीँ त त्योभन्दा बढी पनि हुन्छ ।’

दिनभरि काफल टिपेर भोलिपल्ट बिहानै तुलसीपुर बजारमा काफल बेच्ने गरेको तुलसरा विकले बताइन्। ‘बुढा कामको सिलसिलामा काभ्रे पलाञ्चोक बस्छन्, यहाँ मैले काफल बेचेर घरखर्च चलाउँछु’, उनले भनिन्, ‘बुढाको कमाई सबै बचत गरेको छु ।’

त्यस्तै बिहानै कपुरकोटबाट तुलसीपुरमा काफल बेच्न आउने गएकी शिवा पुनले पनि काफल हुने मौसममा राम्रो आम्दानी गर्ने गरेको बताइनु् । एक महीनामा १५ दिन काफल टिप्न जाने र १५ दिन काफल बेच्ने गरेको उनको भनाइ छ । अहिले बजारमा एक मानोको रु ३० मा बेच्ने गरिएको उनले बताइन् । ‘पोहोरसाल रु २५ मा बेच्ने गरेका थियौँ’, उनले भनिन्, ‘अहिले रु ३० मा हामीले काफल बेच्ने गरेका छौँ ।’

त्यस्तै तुलसीपुरकी तारा नेपालीले पनि काफलबाटै घरपरिवार पाल्दै आएकी छन् । अरुले टिपेको काफललाई खरीद गरेर बेच्दै आउने गरेकी छन् । उनले आफैँ टिप्न नसक्ने भएकाले अरुले ल्याएको काफल खरीद गरेर बेच्ने गरेको बताइन् ।’आफैँले टिपेर ल्याएर अलि बढी आम्दानी त गर्न सकिन्छ, तर अरुले ल्याएको काफललाई खरीद गरेर बिक्री गर्दा पनि राम्रै हुन्छ’, उनले भनिन्, ‘त्यसो गर्दा पनि दैनिक रु ५०० सम्म आम्दानी हुने गरेको छ ।’

यो समयमा यहाँका महिलाले काफल बेचेरै आफ्नो दैनिकी चलाउने गरेका छन् । अहिले दाङका बजारमा काफल बेच्ने महिला धेरै छन् । तुलसीपुर बजारमा कपुरकोटबाट, घोराहीलगायत आसपासका बजारमा रोल्पाबाट तथा लमही, भालुबाङ बजारमा प्यूठानबाट काफल आउने गरेको छ ।

गर्मी समयमा बजारमा काफलको माग अत्यधिक हुने गरेको छ । अन्य समयमा अरु नै पेशा गर्ने गरेको भए पनि महिलाले काफल पाक्ने मौसममा भने काफलकै व्यवसाय गर्ने गरेको बताउँछन् ।रासस

प्रतिक्रिया दिनुहोस