२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हिमनदीको पिंधको तापक्रम माइनस तीन डिग्री सेल्सियस : नयाँ अध्ययन

अ+ अ-

काठमाडौं । पछिल्लो अध्ययनले नेपालका हिमनदीको पिंधको तापक्रम माइनस १० डिग्री सेल्सियसको हाराहारीसम्म छ भन्ने सोचाइलाई गलत सावित गरिदिएको छ ।

नेपालका हिमनदीमा पहिलोपटक गरिएको ‘हट वाटर ड्रिलिङ’ अध्ययनले हिमनदीको पिंधको तापक्रम माइनस एकदेखि माइनस तीन डिग्री सेल्सियस मात्र रहेको प्रमाणित भएको छ ।

हिमनदीमा हालसम्म गरिएका अध्ययनमा हिमनदीको पिंधको तापक्रम माइनस १० डिग्री सेल्सियसको हाराहारीसम्म हुन्छ भन्ने मान्यतामा आधारित थिए । ‘हट वाटर ड्रिलिङ’ अध्ययन नेपालको हिमालयन रिसर्च सेन्टरले बेलायतको लिड्स विश्वविद्यालयसँग मिलेर सन् २०१६ अप्रिलदेखि २०१९ अप्रिलसम्म गरेको थियो ।

हिमालयन रिसर्च सेन्टर नेपाल उच्च हिमाली क्षेत्रको जलवायु परिवर्तन तथा उच्च हिमताल र हिमनदीको जोखिम न्यूनीकरणसम्बन्धी अध्ययन अनुसन्धानमा संलग्न रहँदै आएको छ ।

सेन्टरका अध्यक्ष भूआकृतिक विज्ञ डा.धनञ्जय रेग्मीले भने, ‘हिमनदीको पिंधको तापक्रम नाप्दै जाँदा यथार्थमा माइनस एकदेखि माइनस तीन डिग्री सेल्सियस मात्र रहेको पाइयो । उच्च हिमाली क्षेत्रमा यसरी हिउँको तापक्रम मापन गरिएको यो पहिलो पटक भएको उनको भनाइ थियो । विश्वमा हालसम्म अन्टार्कटिका र अर्टिक क्षेत्रमा यसरी तापक्रम मापन गरिएको छ ।

अध्ययनमा तापक्रम मापन गर्ने उपकरण मात्रै रु तीन करोडका थियो भने सबै उपकरण हेलिकप्टरमार्फत् सो क्षेत्रमा पु¥याइएकाले अध्ययन खर्चिलो भएको सेन्टरले जनाएको छ । अध्ययनमा विदेशी २० र नेपाली १० गरी ३० वैज्ञानिक टोलीको सहभागिता थियो । अनुसन्धानमा वैज्ञानिक टोलीबाहेक अन्य थुप्रै सहयोगी समूहसमेत रहेको सेन्टरले जनाएको छ ।

वैज्ञानिक टोलीले नेपालको सबैभन्दा चिसो क्षेत्र सगरमाथाबाट बगेको खुम्बु हिमनदीको अध्ययन गरेको थियो । टोलीले खुम्बु हिमनदीको सगरमाथा आधार शिविरसम्म विभिन्न स्थानमा ड्रिल गरेर तापक्रम नापेको थियो । सो क्रममा १९२ मिटर गहिराइसम्म नाप्दा पनि माइनस तीन डिग्री सेल्सियस मात्र तापक्रम भेटिएको अध्ययनमा संलग्न बेलायतको लिड्स विश्वविद्यालयका डा डङ्कन क्युइन्सीले जानकारी दिए ।

हिमनदीको पिंधको तापक्रम माइनस एकदेखि तीन डिग्री सेल्सियससम्म भेटिएको डा.डङ्कन क्युइन्सीले बताए । यस अनुसन्धानले हिमनदीको माथिल्लो तहले केही कुराले रोकेर पग्लिनबाट रोकिए पनि जियोथर्मल (भूतापक्रम) ले पग्लिने क्रम बढी छ भन्ने निष्कर्ष निकालेको छ ।

डा.क्युइन्सीले भने, ‘खुम्बु हिमनदीका विभिन्न स्थानमा २७ स्थानमा ड्रिल गरेर ५० देखि १९२ मिटरसम्म गहिराइमा जाँदा पनि माइनस तीन डिग्री सेल्सियसभन्दा बढी तापक्रम देखिएन ।’ टोलीले मेसिनमार्फत् पाइपबाट तातो पानीको वाफले हिउँमा हानेर ड्रिल गरेको थियो ।

बरफ पगाल्दै हिमनदीमा ड्रिल गरिएको र खाल्डोबाट पग्लेको पानी बाहिर निकाल्दै सो खाल्डोमा उपकरण र क्यामेरा राखेर हिउँको भित्री भागको बनावट र संरचनाका बारेमा समेत अध्ययन गरेको डा. क्युइन्सीले जानकारी दिए।

विभिन्न चरणमा गरिएको अध्ययनमा पटकपटक तथ्याङ्क लिँदै पुष्टि गर्दै गरिएको २० वर्षदेखि निरन्तर हिमालय क्षेत्रको अनुसन्धानमा संलग्न सेन्टरका अध्यक्ष डा.रेग्मीले बताए । यस अध्ययनको अनुभवले नेपाली वैज्ञानिकको आफैँ अध्ययन गर्नसमेत क्षमता अभिवृद्धि भएको छ । ‘अध्ययनको निष्कर्ष हेर्दा हिमनदी जतिखेर पनि पग्लिेर जान सक्छन् । खतराको घण्टी बजाएको छ । सोचेभन्दा छिटो पग्लिन सक्छ’, अध्यक्ष डा रेग्मीले भने।

हिमनदी छिट्टै पग्लिने र हिमताल फुट्ने खतराको सम्बन्धमा वैज्ञानिक टोलीले त्यस्ता ताललाई जलविद्युत् आयोजना, सिँचाइ, खानेपानीलगायत क्षेत्रमा उपयोग गरी खतरा कम गर्न सकिने सुझाव दिएका छन् । हिमनदीको प्रतिक्रिया नै जलवायु परिवर्तनको सङ्केत भएको अध्ययन टोलीमा संलग्न इसिमोडका अनुसन्धानकर्ता तेन्जिङ शेर्पाले बताए । उनले विश्व तापमान वृद्धिले हिमनदी र हिमताल बन्ने र पग्लिने क्रमका परिवर्तन आएको जानकारी दिए ।

यो अध्ययनको निष्कर्ष मनसुनबाट प्रभावित क्षेत्र अर्थात् अन्नपूर्ण हिमालयबाट पूर्वतर्फको क्षेत्रमा लागू हुने र सम्पूर्ण हिन्दूकुश हिमालयमा भने लागू नहुन पनि सक्छ । अन्नपूर्ण पश्चिमको हिमाल क्षेत्रमा पश्चिमी वायुको प्रभाव हुन्छ ।

नेपालका हिमनदीको गहिराइ हेर्दा अहिलेसम्मको अध्ययनमा इम्जा हिमताल माथिको ल्होत्सेसार हिमनदीको सबैभन्दा बढी २५० मिटर देखिएको छ । पछिल्लो अध्ययनअनुसार नेपालमा करीब एक हजार ४०० हिमताल र तीन हजारको हाराहारीमा हिमनदी छन् ।