२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

यार्सागुम्बा टिप्न गएका १२ वर्षका बालकको हिउँमा चिप्लेर मृत्यु

अ+ अ-

दार्चुला । दार्चुलामा यार्सा टिप्न गएका १२ वर्षका बालकको हिउँमा चिप्लेर मृत्यु भएको छ । जिल्लाको व्याँस गाउँपालिका २ दुम्लिङ गोठानका अनिष विष्टको यार्सा टिप्न गएका बेला हिउँमा चिप्लेर मृत्यु भएको स्थानीय नरेन्द्र बुढोथोकीले बताए ।

व्याँसको दुधिवन क्षेत्रमा यार्सा टिप्न गएका बालकको पाटनबाट फर्किने क्रममा हुमदुम्ती भन्ने ठाउँमा हिउँमा चिप्लिएर ५ सय मिटर तल खस्दा घटनास्थलमै मृत्यु भएको हो । अनुगमन तथा सुरक्षामा खटिएको सुरक्षाकर्मीहरुको टोलीले बालकको शव घरसम्म पुर्‍याइदिएको छ ।

यार्सा पाटनमा १६ वर्षमुनिका बालबालिकाहरुलाई जान नदिने भन्ने व्यवस्था यार्सागुम्बा व्यवस्थापन निर्देशिका २०७३ मा स्पष्ट उल्लेख छ । तर दार्चुलाका जिल्लाका यार्सा पाटनहरुमा दुधे बालकदेखि १६ वर्षमुनिका सयौं बालबालिका यार्सा पाटनमा गएका छन् ।

यार्सा पाटनमा अनुमति पत्र लिएकाहरुमध्ये २० जनालाई १० लाखका दरले दुर्घटना बीमा उपलब्ध गराउने अपिनाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाले जनाएको छ । तर विष्टलाई बीमा सुविधा उपलब्ध गराउने वा नगराउने अन्योल छ ।

विष्टसंग अनुमति पत्र भए बीमा सुविधा दिइने अपिनाम्प संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का अध्यक्ष चक्रसिँह ह्याकीले बताए । तर १६ वर्षमाथिकाले मात्र अनुमति पाउने भएकाले विष्टसँग परिचय पत्र छैन ।