२९ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल बैंकको २५७ औँ शाखा पोखराको तालचोकमा

अ+ अ-

काठमाडौँ । नेपाल बैंक लिमिटेडले कास्कीको पोखरा महानगरपालिका २७, लेखनाथ स्थित तालचोकमा आफ्नो २५७औँ शाखा सञ्चालनमा ल्याएको छ ।

शाखाको पोखरा महानगरपालिकाका नगर प्रमुख मानबहादुर जिसी र नेपाल बैंक लिमिटेडको कायम कायममुकायम प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले संयुक्तरुपमा बिहीबार विधिवत समुद्घाटन गरेका छन् । २०७५ पुष ९ गतेबाट कारोबार शुरु गरेको शाखाको औपचारिक उद्घाटन आज गरिएको हो ।

प्रमुख अतिथि पोखरा नगरपालिकाका प्रमुख मानबहादुर जिसीले तालचोकमा नयाँ शाखा स्थापना भएकोमा खुसी व्यक्त गर्दै अब्बल दर्जाको बैंक बन्न सकोस् भन्ने शुभकामना दिए ।

‘बैंकको प्रमुख पनि महिला भएकोले उहाँको नेतृत्वमा अब्बल दर्जाको बैंक बन्न सकोस्’ मेयर जिसीले भने ‘महिलाहरू प्रमुख भएका संस्थाहरूले तीव्र प्रगति गर्ने गरेकोले यो शाखाले पनि धेरै राम्रो प्रगति गर्नेछ ।’

बैंकहरूबिच बढ्दो प्रतिस्पर्धात्मक दौडमा खुद्रा मसिनामा नभई मास उत्पादनमा लगानी गर्नुपर्नेमा उनले जोड दिएका छन् । ‘उत्पादनमा लगानी गर्नुहोस् महानगरपालिका धरौटी बस्न पनि तयार छ ।’ –मेयर जी सी ले भने ।

उनले खाता खोल्ने मात्रै ठुलो कुरा नभएको बताउँदै नेपाल सरकारको स्वामित्वका बैंकहरू आम नागरिकले मेरो हो भन्ने अवस्थामा पुर्‍याउनु पर्ने सुझाए । ‘सरकारद्धारा सञ्चालित वित्तीय संस्थाहरू गर्जो टार्ने अवस्थाले नभई राज्यलाई पर्‍यो भने हामी थेग्छौँ है भन्ने हिसाबले जानु पर्छ’ मेयर जिसीको भनाई छ ।

नेपाल बैंकका कामु प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले हजुर बुबाको पालादेखि सहयात्रा गर्दै आइरहेको नेपाल बैंक सबै नेपालीको पहिलो रोजाइमा पर्दै आएको बताए ।

उनले बैंकले दिने सेवा सरल र सहज हुने गरी परिष्कृत ढङ्गबाट अघि बढ्ने बताउँदै आधुनिक बैंकिङका सबै सेवा सुविधा दिन नेपाल बैंक खरो प्रतिस्पर्धामा उत्रने प्रतिबद्धतासमेत व्यक्त गरे ।

कार्यकारी अधिकृत अधिकारीले सुन्दर नगरी पोखरामा अरू दुई वटा शाखा थप्ने तयारीमा रहेको जानकारी दिँदै लगत्तै बिरौटा र हेम्जामा शाखा खोल्ने बताए ।

शाखा प्रबन्धक मनिता शर्माले बैंकिङ प्रणालीको सुरुवात गर्ने बैंकका रूपमा रहेको नेपाल बैंकले आधुनिक सेवा सुविधासहित सेवा सञ्चालन गर्दै आएको धेरै वर्ष भइसकेको बताउँदै भविष्यमा आउने सबै अत्याधुनिक प्रविधि र सेवाका लागि नेपाल बैंक सधैँ तयार रहेको बताइन् ।

उनले नयाँ स्थापना भएको तालचोक शाखाले ती सबै सेवा/सुविधाहरु सरल, सहज र प्रभावकारी ढङ्गले उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्दै सेवा लिन आउनको सहजतालाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताइन् ।

‘स्वच्छ प्रतिस्पर्धाका लागि अत्याधुनिक बैंकिङ उत्पादनका साथ नेपाल बैंक बजारमा तयार छ’ प्रबन्धक शर्माले भनिन् ।

प्रतिक्रिया दिनुहोस