२६ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेकपा पोलिटब्यूरो र जनवर्गीय सङ्गठन टुङ्गो

अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पार्टी पोलिटब्युरो सदस्यको नाम टुङ्गो लगाएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको नेकपा सचिवालय बैठकले १४७ सदस्यीय पोलिटब्युरो सदस्यको टुङ्गो लगाएको स्रोतले जनाएको छ । पोलिटब्युरो सदस्यमा पार्टी सचिवालय र स्थायी कमिटी सदस्य स्वतः पर्ने गरी बनाइएको छ ।

बैठकले सबै जनवर्गीय सङ्गठनको एकतासमेत टुङ्गाएको छ । गत वर्ष जेठ ३ गते नेकपा(एमाले) र माओवादी केन्द्रबीच पार्टी एकता भएपछि यसअघि नै पार्टी सचिवालय, स्थायी कमिटी र केन्द्रीय सदस्य तथा प्रदेश कमिटी र जिल्ला कमिटी सदस्यको मात्र टुङ्गो लगाइएको छ । यसअघि इञ्जिनीयर, कानून व्यवसायी र निर्माण व्यवसायी सङ्गठनको एकता भइसके पनि अन्यको बाँकी रहेको थियो ।

बैठकले बाँकी रहेका सबै जनवर्गीय सङ्गठनको एकताको आज टुङ्गो लगाएको बताइएको छ । विद्यार्थी, मजदूर र बुद्धिजीवी तत्कालीन एमाले तथा युवा, महिला र पत्रकार सङ्गठन तत्कालीन माओवादी केन्द्रको भागमा परेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली बुधबार भियतनाम र कम्बोडियोको भ्रमण सकेर आएपछि आज सचिवालय बैठक बसेको थियो । पार्टी एकता भएको अवसरमा नेकपाले शुकबार बिहान
८ बजे तत्कालीन नेकपा (एमाले) को पार्टी कार्यालय मदननगर बल्खुमा मदन भण्डारी स्मृति दिवससहित विशेष कार्यक्रम आयोजना गर्ने भएको छ ।

कार्यक्रममा प्रधानमन्त्री तथा अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस