८ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तेह्रौँ साग प्रतियोगिताको तयारीमा सरकार जुटिसक्यो : मन्त्री विश्वकर्मा

अ+ अ-

काठमाडौं । युवा तथा खेलकूदमन्त्री जगतबहादुर सुनार विश्वकर्माले १३औँ सागको तयारीमा सरकार जुटिरहेको स्पष्ट पारेका छन् । रिपोर्टर्स क्लबमा आज आयोजित साक्षात्कारमा मन्त्री विश्वकर्माले आगामी मङ्सिर १५ देखि २४ गतेसम्म हुने प्रतियोगिता भव्यरुपमा आयोजना र सफलरुपमा सम्पन्न गर्ने गरी सरकार तयारीमा जुटिरहेको जानकारी दिए । सागको मिति अब नसर्नेसमेत उनको भनाइ थियो ।

सरकारको आर्थिक वर्ष २०७६/७७ सालको नीति तथा कार्यक्रममा पनि सन् २०१९ भित्रै अन्तर्राष्ट्रिय महत्वको १३औँ साग प्रतियोगिता आयोजना गर्ने राष्ट्रपति विद्यादेवी भण्डारीले सम्बोधनका क्रममा उल्लेख गरेको बताउँदै उनले बिहीबार मात्रै उक्त प्रतियोगिता तयारी तथा व्यवस्थापन समिति गठन भएको जानकारी दिए ।

मन्त्री विश्वकर्माले सीमित स्रोत र साधनको बाबजुद पनि नेपालले खेलकूद क्षेत्रमा प्रगति गरिरहेको स्पष्ट पार्दै भने, ‘हाम्रो उत्साहजनक र गौरव गर्नसक्ने इतिहास छ । अझै गौरव गर्न लायकको अवस्था बनिरहेको छ, १३ औँ साग प्रतियोगितमा नेपालले आफ्नो इतिहास कायम र रक्षा गर्ने अभिभारा आफूहरुसँग रहेको छ ।’

उनले प्रतियोगितामा धेरैभन्दा धेरै पदक जित्ने आफूहरुको लक्ष्य र विश्वास रहेको बताउँदै आगामी जेठदेखि नै खेलाडीहरुलाई बन्द प्रशिक्षणमा राख्ने बताए ।

प्रतियोगितालाई लक्षित गरेर पूर्वाधार निर्माणका काम तीव्र गतिमा भइरहेको बताउँदै उनले भूकम्पपछि भत्किएको दशरथ रङ्गशालाको पुनःनिर्माणको काम पनि तीव्र गतिमा भइरहेको जानकारी दिए । ‘रङ्गशाला पुनःनिर्माणको काम अन्तिम चरणमा पुगेको छ, सातदोबाटो पौडी पोखरीको पनि निर्माण कार्य सम्पन्न भइसकेको छ । सातदोबाटोकै तेक्वाक्दो र कराँतेको हल पनि निर्माण भइसकेको छ’, उनले भने ।

खेलकुद क्षेत्रको विकासका लागि सरकारी, निजी तथा गैरसरकारी सबैले मिलेर सहकार्य गर्नुपर्ने बताउँदै उनले धुर्मुस–सुन्तली फाउण्डेशनले चितवनको भरतपुरमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण गर्न लागेको कुरा सकारात्मक भएको बताए ।

प्रतिक्रिया दिनुहोस