डडेल्धुरा । जिल्लाको परशुराम नगरपालिका–५ स्थित भुवनेश्वरी नमूना माध्यमिक विद्यालयमा एक व्यक्ति मृत फेला परेका छन् ।
३५ वर्षीय रनबहादुर दर्लामी मगर विद्यालयको दोस्रो तलामा बुधबार मृत अवस्थामा भेटिएका हुन् ।
इलाका प्रहरी कार्यालय, जोगबुडाकाअनुसार, मृतक मगर कैलाली चुरे गाउँपालिका–४, बण्डका बासिन्दा हुन्।
केही समयदेखि सोही विद्यालयमा मजदुरी गर्दै आइरहेका मगर मदिरा सेवनको कुलतमा फसेको बताइएको छ ।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।







