२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कास्कीमा पच्चीस हजार लिटर दूध भित्रिँदै

अ+ अ-

कास्कीमा मागअनुरुपको दूध उत्पादन हुन नसक्दा अन्यत्रबाट रु ३० लाख मूल्य बराबरको दैनिक २५ हजार लिटरको हाराहारीमा दूध भित्रिने गरेको छ । यस जिल्लामा वार्षिक ७५ हजार १९८ मेट्रिकटन दूध उत्पादन हुने गरेको छ । उपभोक्ताको मागलाई सो उत्पादनले पूर्ति नभएपछि उक्त परिमाणमा दूध भित्रिने गरेको हो ।

दूधको माग सबैभन्दा बढी पर्यटकीय नगरी पोखरामा छ । गण्डकी प्रदेशको राजधानी पोखराको जनघनत्वमा बृद्धि हुनुका साथै पर्यटक भित्रिने गरिएकाले पनि दूधको माग अत्यधिक हुने गरेको भेटेरिनेरी अस्पताल तथा पशुसेवा विज्ञकेन्द्रले जनाएको छ ।

जिल्लाको समग्र ग्रामीण क्षेत्रमा दूधको उत्पादन हुने गरेको भए पनि व्यावसायिक दृष्टिकोणले पोखरा महानगरपालिकाका वडा नं २९, ३० र ३३ का साथै माछापूच्छे« गाउँपालिकामा पनि ठूलो परिमाणमा दुध उत्पादन हुने गरेको बताइएको छ ।

दूधको मागलाई आपूर्ति गर्न सबैभन्दा बढी स्याङ्जाबाट भित्रिने गरेको छ । यसका साथै नवलपरासी र रुपन्देहीबाट भित्रिने गरिएको सो कार्यालयले जनाएको छ । दूध उत्पादक सहकारी संस्था २५ रहेको कास्कीमा ३०९ गाईका फार्म र ३८३ भैंसीका फार्म अधिकारिक रुपमा दर्ता रहेका छन् ।

न्यूनतम पाँचवटा गाई वा भैँंसी भएपछि फार्मको रुपमा दर्ता गर्ने गरिएको छ । कतिपय फार्ममा २ सय भन्दा बढी गाई तथा भैँंसी रहेका सो कार्यालयका प्रमुख ठगेन्द्रप्रसाद अर्यालले जानकारी दिए ।

कास्कीमा किसानलाई पशुपालनतर्फ आकर्षित पार्नका लागि सरकारले अनुदान पनि दिने गरेको छ । गाई र भैंसी पाल्ने किसानको बस्तुस्थितिको अध्ययनका साथै प्रतिस्पर्धामा अनुदान दिने गरिएको हो । किसानको क्षमताअनुसार रु २ लाख पचास हजार, रु दुई लाख र रु एक लाख पचास हजार रकम सरकारले अनुदान दिने गरेको छ ।

अनुदान रकम बराबरको रकम किसानलाई दिनुपर्ने नियम रहेको कार्यालय प्रमुख अर्यालले जानकारी दिए । सो कार्यालयले चालु आर्थिक वर्षमा ३९ फार्मलाई अनुदान दिने भएको छ । अनुदान दिएपछि कार्यालयले सो रकमको सदुपयोग भयो कि भएन् भन्ने विषयमा पटक/पटक अनुगमणसमेत गर्ने गरेको बताइएको छ ।रासस