२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कालीगण्डकी करिडोर स्तरोन्नति तीव्र गतिमा

अ+ अ-

बागलुङ । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर, बागलुङ खण्डको स्तरोन्नति तीव्र गतिमा भइरहेको छ । दश मिटर चौडासहित सडक स्तरोन्नतिको काम गत माघमा शुरु भएको थियो ।

पहिलो चरणमा मालढुङ्गादेखि बलेवा विमानस्थलसम्मको दश किमि सडक चौडा पार्न लागिएको हो । आउँदो असारभित्र स्तरोन्नतिको काम सकिने नेपाली सेनाको कालीगण्डकी करिडोर निर्माण कार्यदलले जनाएको छ ।

‘युद्धस्तरमा काम भइरहेको छ’ कार्यदलका प्रमुख इञ्जिनीयर रेश्मीराज भट्टराईले भने, ‘पाँच किमिमा काम सकियो, बाँकी असारभित्र पूरा हुन्छ ।’ सडक चौडासँगै नाली, पर्खाल र ग्राबेलको काम पनि गरिनेछ । उक्त सडकखण्ड स्तरोन्नतिका लागि सरकारले रु दश करोड बजेट छुट्टाएको थियो ।

अघिल्लो वर्ष नै सडक विस्तारको योजना रहेपनि बजेट नहुँदा काम अघि बढेको थिएन । स्थानीयवासीले सडक स्तरोन्नतिको माग गर्दै आएका थिए ।

थप बजेट आए आउँदो वर्ष बाँकी सडकखण्ड चौडा पार्ने काम शुरु हुनेछ । करिडोरको ३८ किमि खण्ड बागलुङमा पर्छ । ‘थप रु २५ करोड बजेट आवश्यक छ’ कार्यदल प्रमुख भट्टराईले भने, ‘बजेट आएमा आउँदो वर्ष बागलुङको सबै खण्ड सक्छौँ ।’

बलेवा विमानस्थलदेखि गुल्मीको सीमा पालुङखोला जोड्ने २८ किमि सडक दोस्रो चरणमा चौडा पार्ने योजना कार्यदलको छ । थप बजेट ल्याउन पहल भइरहेको बागलुङ क्षेत्र नं। १ का सासंद डा सूर्य पाठकले बताए ।

सडक कालोपत्र भएपछि बागलुङ नगरपालिका–१४ स्थित बलेवा विमानस्थल नियमित सञ्चालन गर्न सहज हुने विश्वास गरिएको छ । करिडोरको ८० किमि बागलुङ–गुल्मी खण्ड निर्माणको जिम्मा नेपाली सेनालाई छ । सेनाले करिडोरको यस खण्डमा दुई वर्षअघि मार्ग खोलेको थियो ।

बागलुङसँगै गुल्मी खण्डमा पनि सडक चौडा गर्ने काम भइरहेको छ । गुल्मीका लागि पनि सरकारले चालू आर्थिक वर्षमा रु दश करोड बजेट विनियोजन गरेको थियो । रिडीदेखि रुद्रवेणीसम्मको सात किमिमा काम सकिएको छ ।

रुद्रवेणी–बहरेखाला खण्डमा स्तरोन्नतिको काम चलिरहेको छ । बहरेखोलादेखि बागलुङको सीमा पालुङखोला जोड्ने सडकको लागि थप बजेट चाहिने कार्यदलले जनाएको छ ।

‘थप ५० करोड बजेट भयो भने गुल्मी–बागलुङको सबै काम सकिन्छ’ कार्यदल प्रमुख भट्टराईले भने, ‘समयमा काम शुरु नभए लागत अझ बढ्न सक्छ ।’

विसं २०७६ असारसम्ममा बागलुङ–गुल्मी खण्डको स्तरोन्नति सकेर कालोपत्रका लागि सडक विभागलाई हस्तान्तरण गर्ने कार्यदलको लक्ष्य छ ।

करिडोरको बागलुङ–गुल्मी खण्डबाहेक अन्य क्षेत्रमा सडक विभागले स्तरोन्नति र कालोपत्रको काम गरिरहेको छ । नेपाललाई चीन र भारतसँग जोड्ने ४३५ किमि दूरी भएको कालीगण्डकी करिडोरलाई सामरिक महत्वको सडक मार्गका रुपमा लिइन्छ ।

पर्यटन, व्यापार, र पारवहन दृष्टिले समेत महत्वपूर्ण यस करिडोर नेपालको आर्थिक, सामाजिक विकासको मेरुदण्ड बन्ने विश्वास गरिएको छ ।