२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विमानमा आगो लाग्दा कम्तिमा ४१ जनाको मृत्यु

अ+ अ-

काठमाठौं । रुसको राजधानी मस्कोमा विमानमा आगलागी भएको छ ।

मस्कोको शेरेमेत्यवो हवाई अड्डाबाट मरमास्क जाँदै गरेको एयरोफ्लोट कम्पनीको सुपरजेट–१०० विमानमा आगलागी हुँदा ४१ जनाको मृत्यु भएको हो । ७८ यात्रु सवार विमानमा ५ जना चालक दलका सदस्य थिए ।

अस्पतालमा उपचाररत ६ जनामध्ये तीन जनाको अवस्था गम्भीर रहेको रुसको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

उडेको केहीबेरमै प्राविधिक समस्या देखिएपछि विमानलाई फर्काएर आकस्मिक अवतरण गराइएको थियो । अवतरण गर्दागर्दै विमानको इन्जिनमा आगो लागेको थियो ।

सामाजिक सन्जालमा पोष्ट गरिएको भिडियोमा जहाज अवतरण गरिरहेको बेला पछाडिको भागमा आगो दन्किरहेको र कालो धुवाँको मुस्लो उडिरहेको देखिन्छ । अवतरण भइसकेपछि आपतकालीनद्वारबाट यात्रुहरुको उद्धार गरिएको थियो ।

रुसको सरकारी विमान कम्पनी एयरोफ्लोटले प्राविधिक गडबडीका कारण विमानलाई फोर्स ल्याण्डिङ गराइएको जनाएको छ । तर, प्राविधिक गडबडीको बारेमा भने विस्तृतमा बताइएको छैन । दुर्घटनाको कारणबारे जाँच सुरु गरिएको बीबीसीले जनाएको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले दुर्घटनामा मृत्यु भएकाका परिवारजनप्रति समवेदना व्यक्त गरेका छन् ।

रुसको सरकारी कम्पनी एयरोफ्लोटले आफ्नो वेबसाइटमा दुर्घटनामा जीवित व्यक्तिहरुको नामावली प्रकाशित गरेको छ । सूचीमा ३३ जनाको नाम छ । कम्पनीले आपतकालीन टेलिफोन नम्बर पनि जारी गरेको छ । कम्पनीले घाइतेहरुका परिवारलाई निःशुल्क मस्को पुर्‍याइने जानकारी पनि दिएको छ ।

मिडिया रिपोर्टसहरुका अनुसार विमानको पहिलो आपतकालीन ल्याण्डिङ सफल हुन सकेन । ट्राकिङ वेबसाइड फ्लाइट राडार २४ मा उडेको करिब आधा घण्टामै विमानले आकस्मिक अवतरण गर्न कोशिस गरेको देखिन्छ । एजेन्सी