२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्थापना दिवसको अवसरमा स्वागत समारोह

अ+ अ-

काठमाडौं । राष्ट्रिय सूचना आयोगले ‘सूचना हाम्रो अधिकार : सुशासन र विकासको आधार’ भन्ने मूल नाराका साथ आफ्नो ११औँ स्थापना दिवस आज विविध कार्यक्रमको आयोजना गरी मनाएको छ ।

सोही उपलक्ष्यमा आयोगको भवन परिसरमा आयोजना गरिएको जलपान तथा स्वागत समारोहमा मन्त्रिगण, संवैधानिक निकायमा प्रमुख, नेपाल सरकारका पदस्थ अधिकृत, सुरक्षा निकायमा प्रवक्ता, अधिकारकर्मी, सञ्चारकर्मीको सहभागिता रह्यो । यसअघि आजै बिहान आयोगले प्रभात फेरी कार्यक्रमको आयोजना गरेको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओली समक्ष आजै आयोगले आफ्नो प्रतिवेदन बुझाउँदैछ । नेपालको संविधानको धारा २७ मा सूचनाको हकसम्बन्धी व्यवस्था छ । सूचनाको हक नागरिकको मौलिक अधिकारको रुपमा रहेको छ ।

सूचनाको हक भनेको सार्वजनिक निकायमा रहेको आफ्नो वा सार्वजनिक महत्वको सूचना माग्ने र पाउने नागरिकको अधिकार हो । असल शासनका लागि सूचनाको हकको उचित परिचालन हुनुपर्दछ भन्ने मान्यता राखिन्छ । आयोगले सूचना लिने र दिने संस्कृतिको विकासमा जोड दिँदै आएको छ ।

प्रत्येक सार्वजनिक निकायले आफ्नो सूचना तीन/तीन महिनामा स्वतः प्रकाशन गर्नुपर्ने कानूनी व्यवस्था गरिएको छ । विसं २०६४ वैशाख २२ गते स्थापना भएको आयोगका वर्तमान प्रमुख आयुक्तमा कृष्णहरि बाँस्कोटा तथा आयुक्तद्वयमा किरणकुमार पोखरेल र यशोदादेवी तिम्सिना छिन् । रासस