२६ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अन्नपूर्णमा सामुदायिक विद्यालयप्रतिको आकर्षण

अ+ अ-

पोखरा । सामुदायिक विद्यालयप्रतिको आकर्षण घट्दै गएको अवस्थामा कास्कीको अन्नपूर्ण गाउँपालिकाभित्रका सामुदायिक विद्यालयमा भने विद्यार्थी सङ्ख्या बढ्दो क्रममा छ ।

गुणस्तरीय शिक्षाका लागि गाउँपालिकाका साथै सम्बन्धित विद्यालयले चासो दिन थालेसँगै विद्यार्थी तथा अभिभावकको रोजाइ सामुदायिक विद्यालय पर्दै गएको हो । बसाइँ सरेर अन्यत्र गएका बाहेक गाउँपालिकाका अघिकांश वडाका विद्यार्थी सामुदायिक विद्यालयमा नै भर्ना भएको गाउँपालिकाका शिक्षा, युवा तथा खेलकूद शाखाका प्रमुख बलराम भुगाइँले बताए ।

“हामी यतिखेर गाउँपालिकामा भर्ना अभियानमा छौँ”, उनले भने, “शैक्षिक गुणस्तरीयता अभिवृद्धि, पूर्वाधार विकासलगायतका कारणले विद्यार्थी तथा अभिभावकको आकर्षण सामुदायिक विद्यालयमा बढ्दै गएको छ ।” गाउँपालिकाले आफ्नो वार्षिक नीति तथा कार्यक्रममा विद्यालय उमेरका सबै बालबालिकालाई विद्यालयमा भर्ना गराइ ती विद्यार्थीलाई टिकाएर माध्यमिक तहसम्मको शिक्षा पूरा गराउने नीति अवलम्बन गरिने उल्लेख गरेको थियो ।

त्यस्तै शैक्षिक गुणस्तर वृद्धिका लागि विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । विषयगत स्तरीयता अभिवृद्धिका लागि गाउँपालिकामा विषयगत शिक्षकको समूह गठन गरिएको शाखा प्रमुख भुगाइँले जानकारी दिए । विषगत शिक्षकका साथै शिक्षकको तालीमलाई प्राथमिकतामा राखिएको बताइएको छ ।

उनका अनुसार अघिल्लो वर्ष एसइईको परीक्षाफलपछि प्रत्येक शिक्षकलाई विद्यार्थीले प्राप्त गरेको जिपिएका आधारमा विषयगत उपलब्धिको समीक्षा गर्दै आगामी वर्षका लागि कति जिपिएसम्म ल्याउन सकिन्छ भन्ने गोप्य लिखित प्रतिबद्धता लिइएको थियो । यस वर्षको परीक्षाफल आएसँगै शिक्षकबाट लिइएको प्रतिबद्धता र विद्यार्थीले प्राप्त गरेको उपलब्धि मूल्याङ्कन गरी राम्रो गर्न सक्नेलाई पुरस्कृत गरिने बताइएको छ ।

गाउँपालिकाका तर्फबाट सामुदायिक विद्यालयको पूर्वाधार विकासमा कुनै कमी नगरेको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले बताए। “हामी भौतिक पूर्वाधारमा कमजोर छैनौँ, अब कसरी गुणस्तरीय शिक्षा दिन सकिन्छ भन्ने विषय नै सबैको चासो र चिन्ताको विषय हो”, उनले भने, “गाउँपालिका, विद्यालय, विद्यार्थी तथा अभिभावक सबैको सामूहिक प्रयासमा शिक्षाको गुणस्तरीयता बढाउन सकिने सोचका साथ अघि बढेका छौँ ।”

गाउँपालिकामा सामुदायिक विद्यालयको सङ्ख्या ५२ र संस्थागत विद्यालय पाँच रहेको छ । गाउँपालिकाले सामुदायिक विद्यालयको गुणस्तरीयताका साथै भर्ना अभियानलाई सफल पार्न विद्यालय, जनप्रतिनिधि, शिक्षक तथा अभिभावक सबैसँग सहकार्य गर्दै अघि बढेको उनले बताए।

पछिल्ला वर्षमा विद्यार्थी तथा अभिभावक सामुदायिक विद्यलायमा आकर्षित बन्दै गएको सिद्ध आधारभूत विद्यालय लुम्लेका अङ्ग्रेजी विषयका शिक्षक सन्तोष सुवेदीले जानकारी दिए। सामुदायिक विद्यालयले शैक्षिक गुणस्तरीयताका लागि थालेको प्रयास, विद्यार्थी तथा अभिभावकमा पर्दै गएको सामुदायिक विद्यालयप्रतिको सकारात्मक सोचले क्रमशः आकर्षण बढिरहेको उनले बताए ।

सामुदायिक विद्यालयप्रतिको आकर्षणले राज्यले यी विद्यलायमा गरेको पाठ्यपुस्तक, छात्रवृत्ति एवं पूर्वाधार विकासका योजना आदिको लगानी खेर नजाने शिक्षक सुवेदीको तर्क छ । सिद्ध आधारभूत विद्यालयमा प्रविधिमा आधारित सिकाइलाई लक्षित गरी एउटा कक्षालाई ‘स्मार्ट’कक्षा बनाइएको प्रधानाध्यापक टङ्कप्रसाद देवकोटाले बताए। अघिल्ला वर्षका तुलनामा यस वर्ष विद्यार्थी सङ्ख्या बढेको उनको भनाइ थियो ।

विद्यार्थीको सुविधालाई लक्षित गरी यहाँको माछापुच्छ्रे माविले यस वर्षदेखि विद्यालय बस सञ्चालनमा ल्याएको छ भने अन्य विद्यालयले पनि विद्यार्थीलाई अधिकतम सुविधा दिनेतर्फ सोच बढाएका छन् । गाउँपालिकाले ‘शिक्षकलाई सम्मान गरौँ, बालबालिकालाई माया गरौँ’, ‘सबै प्रकारका विकास मानवका लागि, मानव विकासका लागि गुणस्तरीय शिक्षा’ जस्ता आदर्श वाक्यलाई आत्मसात गर्दै शिक्षाको गुणस्तरीयतालाई प्राथमिकतामा राखेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस