काठमाडौं । अतिरिक्त समय काम गरेको प्रोत्साहन भत्ता कटौती भएपछि सर्वोच्च अदालतका कर्मचारी ट्रेड युनियनहरू आन्दोलनमा उत्रिने भएका छन् ।
आर्थिक वर्ष २०७५/७६ देखि सरकारले अदालतमा कार्यरत सबै कर्मचारीको प्रोत्साहन भत्ता काट्ने निर्णय गरेको थियो ।
कर्मचारीहरूले २०७५ श्रावण महिनादेखि अतिरिक्त काम गरेको प्रोत्साहन भत्ता उपलब्ध नभएकाले कर्मचारीले विरोधको कार्यक्रम गर्न लागेको ट्रेड युनियनका अधिकारीहरूले बताएका छन् ।