२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शेयर बजार सात अङ्कले घट्यो

अ+ अ-

काठमाडौं । लगातार उकालो लाग्दै आएको शेयर बजारमा आज बिराम लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ७.२६ बिन्दुले घटेर एक हजार २५६.९४ बिन्दुमा झरेको छ ।

यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक २.०४ बिन्दुले घटेर २७१.३७ बिन्दुमा झरेको छ । कूल १६८ कम्पनीको ३२ लाख ५९ हजार ४९६ कित्ता शेयर रु एक अर्ब चार करोड ६० लाख ३९ हजार मूल्यमा खरीद बिक्री भयो । कारोवार भएका कूल ११ उपसमूहमध्ये आज ४ उपसमूहको मात्रै शेयर बढेको छ । त्यसमा व्यापार २.७, निर्जीवन बीमा ६४.८५, उत्पादन २३.९८ र जीवन बीमा १५४.२९ बिन्दुले बढेको छ ।

यस्तै बैंकिङ १३.८९, होटल २४.९७, विकास बैंक १२.९८, जलविद्युत् १.८८, वित्त १.५२, अन्य ४.९७ र लघुवित्त २०.९८ बिन्दुले घटेका छन् । स्टकका अनुसार आज नेपाल बैंक लिमिटेडको प्रतिकित्ता रु ३१० मा रु नौ करोड ३६ लाख ४० हजार बराबरको कारोवार भई शीर्ष स्थानमा छ ।

यस्तै सिभिल बैंकको रु चार करोड ३ लाख ९५ हजार, प्रभु बैंक रु तीन करोड ८८ लाख ४८ हजार, एनआइसी एशिया रु ३ करोड ८८ लाख नौ हजारमा कारोवार भई शीर्ष स्थानमा रहे । स्टकका अनुसार एभरेष्ट इन्स्योरेन्स कम्पनीका शेयरधनीले ९.७७ प्रतिशतले कमाए ।

यस्तै ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था ५.४१, युनिलिभर नेपाल ४.०३, स्ट्याण्र्डड चाटर्ड बैंकका शेयरधनीले ३.९५ प्रतिशतले कमाए । यसैगरी माउण्रेटन हाइड्रोका शेयरधनीले ५.२०, नेपाल एसबिआई बैंक ४.६९, नेशनल हाइड्रोपावर ४।१६ तथा हिमालयन बैंकका शेयरधनीले ४.१३ प्रतिशतले गुमाए ।