२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अपाङ्गतामैत्री कानून बनाइने

अ+ अ-

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले संविधानप्रदत्त अधिकारको रक्षा गर्न प्रदेश सरकारले अपाङ्गमैत्री कानून बनाउने बताएका छन् ।

राष्ट्रिय अपाङ्ग महासङ्घको १९औँ वार्षिक साधारणसभा तथा आठौँ महाधिवेशनको आज यहाँ उद्घाटन गर्दै उनले अपाङ्गताको क्षेत्रमा काम गर्न प्रदेश सरकारले १४ वटै जिल्लामा योजना बनाइरहेको छ भने । उनले एउटा सानो समूह संविधान बाहिर रहेर गरेका गतिविधिमा सरकारले प्रतिबन्ध लगाइसकेकाले ती समूह पनि निकट भविष्यमा राष्ट्रिय राजनीतिको मूलधारमा आउने विश्वास व्यक्त गरे ।

आयोजक महाङ्घका अध्यक्ष सुदर्शन सुवेदीले अपाङ्गता भएकाले अहिले पनि धेरै समस्या झेलिरहेकाले सरकार यसतर्फ गम्भीर हुनुपर्छ भने । महासङ्घका महिला उपाध्यक्ष टीका दाहाल र डेनमार्क अपाङ्ग महासङ्घका प्रतिनिधि रेणु लोहनीले अपाङ्गता भएकालाई दया होइन अवसर दिनुपर्छ भने। चैत २६ गतेसम्म चल्ने सो महाधिवेशनमा प्रतिनिधि ७१० र पर्यवेक्षक ६० जना छन् । देशभरमा महासङ्घमा अपाङ्गताको क्षेत्रमा काम गर्ने ३३१ वटा सङ्घ संस्था आवद्ध रहेको राष्ट्रिय अपाङ्ग महाङ्घ नेपालका कर्मचारी ईश्वर रैलाले जानकारी दिए ।