२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एचआईभी संक्रमित गोपाल श्रेष्ठद्धारा सगरमाथा आरोहण गर्ने घोषणा

अ+ अ-

काठमाडौं । एचआईभी/एड्स संक्रमित ५६ वर्षीय पूर्व राष्ट्रिय फुटबल खेलाडी गोपाल श्रेष्ठ विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने भएका छन् ।

एचआईभी÷एड्स संक्रमितहरुले पनि राष्ट्र र समाजका लागि योगदान गर्न सक्छन् भन्ने सन्देश दिन श्रेष्ठले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न लागिएको जानकारी दिए । आईतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनले आगामी शुक्रबार सगरमाथा आरोहण गर्ने जानकारी दिएका हुन् ।

एचआईभी/एड्स संक्रमितहरुले पनि देश र समाजका लागि योगदान दिन सक्षम छ भन्ने सन्देश दिन आफूले विश्वको सर्वोच्च शिखर सगरमाथा चढने प्रण लिएको एचआईभी/एड्स संक्रमित श्रेष्ठले बताए । विश्वकै एचआईभी/एड्स संक्रमितहरुलाई अवसर दिए जे पनि गर्न सक्छन् भन्ने उद्देश्य पनि आफूले लिएको श्रेष्ठको भनाई छ ।

एचआईभी/एड्स संक्रमित श्रेष्ठले यस अघि सन् २०१५ मा सगरमाथा आरोहण अभियान सुरु गरेपनि सफल भएका थिएनन् ।

श्रेष्ठले साहस गरेकाले उनलाई सगरमाथा आरोहणको लागि साथ दिइएको आरोहण अभियानका संयोजक विष्णुबहादुर भट्टराईले जानकारी दिए । आरोहणका लागि ४३ लाख ५० हजार खर्च लाग्ने अनुमान गरिएको र त्यसका लागि ३० लाख रुपैयाँ संकलन भईसकेको छ ।

आरोहण अभियानले एचआईभी/एड्स संक्रमित श्रेष्ठलाई सगरमाथा आरोहणका लागि सहयोग गर्न पनि सबैलाई आह्वान गरेको छ ।