कविता « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

कविता


२३ पुस २०७३, शनिबार


बस एक कफन का खातिर
जिन्दगी काटिरहेछु ।
हिडिरहेछु
एक्लै एक्लै
पाइलाहरु लड्खडाउदै
उठ्दै हिडिरहेछु।

जोखीरहेछन ।
तौलिरहेछन
र मन नलागी नलागी हासिरहेछन
ती सबै मेरा होइनन्
मलाई थाहा छ
बुझेर पनि नबुझे जस्तो
झुटो बिस्वासमा
म पनि त हिडिरहेछु यीनै गोरेटोहरुमा
अज्ञात बिस्वास बोकेर मन गलाइ गलाइ
अज्ञात प्रतीक्षामा आँखा थकाइ थकाइ

थाहा छ म
बुद्दु हु
यहाँ सबै जानकारहरु छन्
सिक्नु छ धेरै कुराहरु
गर्नुछ
एउटा यस्तो काम
जुन काम मेरा निम्ति हैन
सबैका निम्ति बन्न सकोस

प्रतिक्रिया दिनुहोस