२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ग्यास सिलिण्डर पड्किँदा चार घाइते

अ+ अ-

सर्लाही । हरिपुर नगरपालिका–९ पिडारी बजारमा आज बिहान आगलागीका कारण पसलमा राखिएको ग्यास सिलिण्डर पडकिँदा चारजना घाइते भएका छन् ।

बिहानैदेखि चलेको हावाहुरीका कारण आगो फैलिँदा तीन पसल र एक घर जलेर नष्ट भएको छ । बजारमा फोहर नष्ट गर्न बालिएको आगो हावाहुरीले छेउमै रहेको खुश्वु फर्निचर उद्योग पुग्दा आगलागी हुनपुगेको थियो । फर्निचरबाट सल्किएको आगो चन्देश्वर साहको मासु पसलमा लाग्दा त्यसमा रहेको ग्यास सिलिण्डर पडकिँएर चारजना घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सिलिण्डर पडकिँदा हरिपुर नगरपालिका–९ पिडारीका ४५ वर्षीय विश्वनाथ साह र कविलासी नगरपालिका–१ पिपरियाका १९ वर्षीय भरत पण्डितको दाँहिने खुट्टा जलेको छ । सिलिण्डरबाट उछिटिएका टुक्रा लगेर पिडारीका १९ वर्षीय गौतम साह र ३० वर्षीय मञ्जुर अन्सारीको खुट्टा भाँच्चिएको छ । घाईतेलाई उपचारका लागि वीरगञ्ज पठाइएको छ ।

आगलगीमा परी फर्निचर उद्योग, चन्देश्वर र शत्रुधन साहको मासु पसल, रामपरी देवीको फुसको घर पूर्णरुपमा जलेर नष्ट भएको छ । त्यसैगरी बजारमै रहेको साना किसान सहकारी संस्थाको घरमा पनि क्षति पुगेको स्थानीय कामेश्वर सिंहले जनाकारी दिए । स्थानीय, बारुणयन्त्र र प्रहरीको सहयोगमा आगोलाई नियन्त्रणमा लिइएको छ ।