रुपन्देही । रुपन्देहीमा कार्यरत स्वास्थ्यकर्मी चौथो तहको समिति गठन भएको छ । शनिबार स्वास्थ्यकर्मीहरुको जिल्लास्तरीय भेला गरी १९ सदस्यीय समिति गठन गरिएको हो ।
समितिमा अध्यक्ष वीरेन्द्र कुमार कोहार,उपाध्यक्ष महेन्द्र अर्याल, सचिव सुवास गिरी, सहसचिव खुमराज गैरे, कोषाध्यक्ष केविन श्रेष्ठ, सहकोषाध्यक्ष मिराका गैरे गरी १९ जना सहस्यको चयन गरिएको छ ।
समिति गठन कार्यक्रमको अध्यक्षता साडी स्वास्थ्य चौकीका अहेव कुलदिप ठाकुर र संचालन सुवास गिरीले गरेका थिए ।
स्वास्थ्यकर्मीहरुको उक्त भेलाले समिति गठन गर्नुका साथै संसदमा पारित रहेको संघीय निजामती ऐनमा आफ्नो हक अधिकारहरु स्वास्थ्य सेवा ऐन २०५३ अनुसार हुनुपर्ने माग राख्दै परिमार्जन गर्नुपर्ने बताएको छ ।
त्यस्तै सहायक स्तरमा काम गर्ने कर्मचारीहरुलाई दिइने सेवा सुबिधालाई कटौती नगर्नसमेत आग्रह गरेका छन् ।
भेलाले सन २०८० सम्ममा सम्पूर्ण चौथो तह खारेज हुँदै गर्दा स्वास्थ्य सेवा ऐन २०५३ लाई आधार मानी सेवा प्रवेश गरेका सम्पूर्ण स्वास्थ्यकर्मीहरु लाई २०८० भित्रै स्तर वृद्धि तालीम अथवा उपल्लो स्तरको शैक्षिक योग्यता दिलाई २०८० पछि स्वत अधिकार सहितको बढुवाको माग गरेको छ ।
जिल्लास्तरीय भेला बुटवलको होटल डल्फिनमा गरिएको थियो ।








