२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दुई स्थानीय तहका वडाको सीमा विवाद

अ+ अ-

म्याग्दीको बेनी नगरपालिका–१० पात्लेखेत र रघुगङ्गा गाउँपालिका– ५ झिँका बासिन्दाबीच सिमाना विवाद बढेको छ । सीमाक्षेत्रमा पर्ने रघुगङ्गा र बराहपङ्ग्रेनी सामुदायिक वन तथा हिलाको भूगोललाई दुवै वडाका जनप्रतिनिधि र बासिन्दाले आफ्नो क्षेत्रमा भएको दाबी गर्न थालेपछि विवाद बढेको हो ।

सीमा विवादका कारण सामुदायिक वनको घाँस, दाउरा, काठ उपयोग र सीमाक्षेत्रमा पर्ने हिला गाउँमा विकास गतिविधि प्रभावित हुनुका साथै सामाजिक द्वन्द्व सिर्जना भएको छ । झिँका बासिन्दाले डेङ्ग्रेखोला र पात्लेखेतले घट्टेखोलालाई आफूहरुको सिमाना भएको दाबी गरेका छन् ।

रघुगङ्गा–५ का वडाध्यक्ष मनबहादुर शेरपुञ्जाले साविक झिँ गाविसको ९ नं वडामा पर्ने हिला क्षेत्रलाई पात्लेखेतले दाबी गरेको, सीमाक्षेत्रमा रहेका सामुदायिक वनको उपभोग र आम्दानी वितरणमा पात्लेखेतका बासिन्दाले एकलौटी गरेका कारण विवाद भएको बताए ।

“नापी विभागको नक्सा, साविकको वडा, सीमाक्षेत्रका बासिन्दाको जग्गाधनी पुर्जालगायतका कागजातका आधारमा झिँको सिमाना डेङ्ग्रेखोला हो”, वडाध्यक्ष शेरपुञ्जाले भने, “पात्लेखेतले दाबी गरेको हिला झिँको साविक ९ नं वडामा पर्छ ।”

हिला गाउँमा करीब ३० घरधुरीको बसोबास छ । हिलामा केही वर्षयता पात्लेखेततर्फका बासिन्दाले घरजग्गा किन्ने र घर बनाउने क्रम बढेको छ । पात्लेखेतका कार्यवाहक वडाध्यक्ष लोकबहादुर पुनले विसं २०३५ मा नापी भएपछि २०३६ मा तत्कालीन घतान र झिँगाउँ पञ्चायतको बीच भागलाई छुट्याएर बनाइएको पात्लेखेतको जग्गाधनी पुर्जामा अभिलेख नभएको र विसं २०५५ मा दुई गाउँका जनप्रतिनिधिबीच भएको सहमतिका आधारमा घट्टेखोला सिमाना भएको बताउँछन् । रासस