२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रवासीको सहयोगमा खेलमैदान निर्माण

अ+ अ-

म्याग्दी । रोजगारीका लागि विदेशिएका युवाहरुको सहयोगमा म्याग्दीको धवलागिरि गाउँपालिका–७ काफलडाँडामा खेलमैदान निर्माण भएको छ ।

कतारमा रहेका काफलडाँडाका युवाको सहयोगमा जग्गा खरीद गरेर देवी देउराली युवा क्लबको खेलमैदान निर्माण भएको हो । करीब पाँच लाख लगानीमा ४५ मिटर लम्बाइ र २० मिटर चौडाइ भएको खेलमैदान निर्माण भएको क्लबका उपाध्यक्ष रेशम शर्माले जानकारी दिए ।

खेलमैदान निर्माणका लागि कतारमा पुगेका २८ युवाको तीन लाख ५० हजार सहयोगमा गत फागुनमा तीन रोपनी १४ आना जग्गा खरीद गरिएको थियो । क्लबले थप एक लाख खर्च गरेर खेलमैदान बनाएको हो । सरकारी निकायको सहयोगविनै खेलमैदान निर्माण गरेका हुन् ।

एक्साभेटर परिचालन गरेर जग्गा सम्याउन पुर्ख्यौली नृत्य समूहले नाचगान गरेर जुटाएको रकम उपलब्ध गराएका थिए । बाध्यताले रोजगारी र अवसरको खोजीमा विदेशिए पनि गाउँको विकासका लागि सहयोग गरेको कतारमा रकम सङ्कलनका लागि संयोजन गरेका बालकृष्ण आचार्यले बताए ।

खेलमैदानमा भलिबल, बास्केटबल, क्रिकेट, एथलेटिक्स, फुटसल खेल सञ्चालन गर्न सकिने भएको छ । विस्तार गरेर फुटबल खेलसमेत सञ्चालन गर्न सकिने बनाउने क्लबको लक्ष्य छ ।

चिसापानीदेखि काफलडाँडा जोड्ने सडक विस्तारका लागि दुई लाख, ताकमकी रक्तक्यान्सरपीडित फुलमाया भण्डारीको उपचारका लागि एक लाख १४ हजार, हेम मावि शिवाङमा विद्युतीय पुस्तकालय स्थापना गर्न २० हजार सहयोग गरेका थिए ।

यसैगरी देवीस्थानका सुकबहादुर विकको उपचारका लागि १५ हजार, ताकमकी मिर्गौलापीडित इन्द्रा खत्रीको उपचारका लागि १३ हजार, काफलडाँडाकी शिवकुमारी शर्माको उपचारका लागि १० हजार सहयोग गरेका थिए । रासस