असारसम्म कर्मचारीको पदस्थापना : मन्त्री पण्डित « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

असारसम्म कर्मचारीको पदस्थापना : मन्त्री पण्डित


१७ चैत्र २०७५, आइतबार


काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले समायोजन भएका कर्मचारीलाई असारमसान्तसम्म पदस्थापना गरिने बताएका छन् ।

शनिबार ललितपुरस्थित आफ्नै निवासमा पत्रकारसँग कुराकानी गर्दै उनले समायोजन रोजेका कर्मचारीको पदस्थापना गर्ने कार्य भइरहेको भन्दै असारसम्म सबै कर्मचारीको पदस्थापना गरिने जानकारी गराए ।

उनले भने, “कानूनीरुपमा समायोजन सकिएको २१ दिनभित्र पदस्थापना गर्ने व्यवस्था रहेको छ, अहिले विकास निर्माणको काम भइरहेको छ, त्यसैले कामलाई बाधा नपुग्ने गरी असार मसान्तभित्रमा पदस्थापना गछौं ।”

उनले समायोजन सकिएकाले नयाँ कर्मचारी भर्नाको प्रक्रिया शुरु गर्न लोकसेवा आयोगलाई निर्देशनसमेत दिइसकेको जानकारी गराए ।

उनले अपुग कर्मचारीको भर्ना गरी अब मुलुकमा मानवीय स्रोत साधनको कमी हुन नदिनेसमेत बताए ।

उनले भने,“अपुग कर्मचारी पनि यही आर्थिक वर्षमा पूरा गर्ने उद्देश्यका साथ द्रुतमार्गबाट भर्ना गर्न आयोगलाई भनेका छौँ, नयाँ कर्मचारीको पदस्थापना पहिलो प्राथमिकता स्थानीय तह र प्रदेशमा रहन्छ ।”

प्रतिक्रिया दिनुहोस