२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘राज्यले कर्मचारीको सेवा सुविधा वृद्धि गर्नुपर्ने’

अ+ अ-

विराटनगर । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले राज्यले कर्मचारीलाई सेवासुविधा वृद्धि गरी उच्चतम प्रतिफल लिनुपर्ने बताएका छन् ।

लोकसेवा आयोग केन्द्रीय कार्यालयद्वारा आयोजित ‘अप्राविधिक सेवातर्फका राप तृतीय श्रेणी, शाखा अधिकृत वा सो सरहको पदको समक्षमता पहिचान’ कार्यशाला गोष्ठीमा उहाँले दक्ष र समक्ष कर्मचारी छनोटमा आवश्यक वैज्ञानिक विधि अपनाई उनीहरुको सहज जीवनयापनका लागि सुविधा वृद्धि गर्नुपर्नेमा सुझाव दिए ।

उनले आवश्यक कर्मचारीको कमीले प्रदेशको विकास निर्माण कार्यमा गतिलिन नसकको गुनासो गर्दैै प्रदेश लोकसेवा आयोग प्रमाणीकरण भइसकेका अवस्थामा आगामी असारसम्ममा आवश्यक कानून निर्माण गरी प्रदेशलाई चाहिने दक्ष कर्मचारी नियुक्त गरी विकासका कार्यलाई तीव्रगति दिइने जानकारी दिए ।

प्रदेशका प्रमुख सचिव केदार न्यौपानेले गुणस्तरीय शिक्षाको विकास गरी आयोगले मर्यादित, गुणस्तरीय जनशक्ति छनोटबाट नै मुलुकमा समृद्धि कायम हुने बताए ।

आयोगका सचिव अशोककुमार झाले विश्व बजारमा आएको नयाँ विधिको प्रयोगवाट आयोगले योग्य व्यक्ति छनोटको कार्य शुरु गरेको उल्लेख गर्दै मुलुकलाई आवश्यक पर्ने उद्योग, जलस्रोत र पर्यटनलगायतका क्षेत्रमा दक्ष जनशक्तिको कमी रहेको बताए ।

आयोगका सहसचिव डा खगेन्द्रप्रसाद सुवेदीले आयोगले अपनाउने परीक्षा प्रणाली, जनतालाई आवश्यक पर्ने सेवा सुविधा, सर्वसाधारणका गुनासा, नयाँ प्रविधिको छनोटको प्रयोग, क्षमताको पहिचान, सक्षमता आदि सम्बन्धमा सुझाव सङ्कलन गरी आगामी दिनमा सम्बोधन गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताए ।

कार्यक्रममा विश्वविद्यालयका प्रतिनिधि, मानवअधिकार सङ्घ सङ्गठनका प्रतिनिधि, उपभोक्ता समिति, विद्यालय र सञ्चारकर्मीले आयोगले आगामी दिनमा दक्ष जनशक्ति र जनतालाई सेवा दिने कर्मचारी छनोट गर्दा अपनाउनु पर्ने सम्बन्धमा आवश्यक सुझाव दिएका थिए ।