२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाह्य लगानीको लागि अनुकूल वातावरण बनाउन कुनै कसर बाँकी नराख्ने : प्रधानमन्त्री

अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले बाह्य लगानीका लागि अनुकूल वातावरण बनाउन सरकारले कुनै कसर बाँकी नराख्ने बताएका छन् ।

राजधानीको भृकुटीमण्डपमा आयोजित नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलाुलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अहिलेको सरकार निजीकरणका नाममा सम्पत्ति बेचेर खाने सरकार नभएको बताएका हुन् ।

एक समय थियो, निजीकरणका नाममा राष्ट्रको सम्पति बेचेर खानेहरू सत्तामा थिए, प्रधानमन्त्री ओलीले भने, तर हामीले निजी र बाह्य लगानीकर्ताहरूलाई पारस्परिक लाभका आधारमा बिजनेस स्थापना गर्न आव्हान गरिरहेका छौं । जनतालाई लाभ हुनुपर्‍यो, राज्यलाई लाभ हुनुपपर्‍यो, स्वयम् लगानीकर्ताहरूलाई लाभ हुनुपर्‍यो ।

त्यसका लागि सरकारले लगानीको लागि अनुकूल वातावरण बनाउन कुनै कसर बाँकी नराख्ने ओलीको भनाइ थियो । अब हामी आर्थिक उन्नतिका लागि लामो समय पर्खिन सक्दैनौं, तीव्र गतिमा अघि बढ्नुपर्छ, ओलीले भने, समृद्धि हासिल गर्नका लागि तीव्र गतिका साथ बहुआयामिक विकास गर्नुपर्ने जरुरी छ । त्यसका लागि भृकुटीमण्डपमा आयोजित व्यापार मेला सहयोगी हुन सकोस्, नेपाल सरकार र उद्योग वाणिज्य संघको यो आयोजना पूर्ण सफल होस् ।

बिहीवारबाट शुरू भएको व्यापार मेला चैत्र १८ गते सोमवारसम्म जारी रहनेछ । शुक्रवार र शनिवार काठमाडौंमै आयोजना हुन लागेको लगानी सम्मेलनलाई लक्षित गर्दै नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलाको आयोजना गरिएको हो ।