२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मौसम बदलीसँगै डडेल्धुरामा भाइरल ज्वरोको सङ्क्रमण

अ+ अ-

डडेल्धुरा । मौसम बदलीसँगै डडेल्धुरामा भाइरल ज्वरोको सङ्क्रमण फैलिएको छ । केही दिन यतादेखि भएको मौसम बदलीपछि डडेल्धुराका स्वास्थ्य संस्थामा ज्वरो, रुघाखोकीसहित निमोनियाका बिरामीको चाप बढेको जनाइएको छ ।

केही दिनयता डडेल्धुरा सदरमुकामस्थित डडेल्धुरा अस्पताललगायतका अन्य स्वास्थ्य संस्थामा ज्वरो र रुघाखोकीका बिरामीको चाप ह्वात्तै बढेको छ । दैनिक १०० बिरामी पुग्ने डडेल्धुरा अस्पतालमा आजभोलि १५० भन्दा बढी बिरामी आउने गरेको डडेल्धुरा अस्पतालले जनाएको छ ।

बिरामीमध्ये बढी बालबालिका रहेका छन् । स्वास्थ्य संस्थामा उपचारका लागि आउने बालबालिकामा बढीजसो ज्वरोका बिरामी रहेका छन् । ज्वरो र रुघाखोकीका मात्रै दैनिक ४० देखि ५० बालबालिका उपचारका लागि अस्पतालमा आउने गरेको डडेल्धुरा अस्पतालका डा ललित सुरीले बताए ।

दूषित खानेपानी, चेतना अभाव, सरसफाइ अभाव, रोगबारेको अज्ञानतालगायतका कारणले यस क्षेत्रमा गर्मीको शुरुआतसँगै सरुवा तथा भाइरलजन्य रोग सङ्क्रमण बढ्दै गइरहेको छ । जिल्लाका ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थामा समेत भाइरलजन्य रोगका बिरामीको चाप बढेको स्वास्थ्य संस्थाका कर्मचारी बताउँछन् ।

जिल्लाका सबै अस्पताल र स्वास्थ्यचौकीमा भाइरल रोगका बिरामीले भरिएको र जाँच गर्ने बिरामीको चाप बढिरहेको स्वास्थ्यकर्मी बताउँछन् । , जोगबुढा अस्पताललगायतका विभिन्न स्वास्थ केन्द्रमा भाइरलजन्य रोगका बिरामीको चाप बढेको छ । स्वास्थ्य संस्थामा अहिले बिरामीको चाप दोब्वरले बढेको जोगबुढा अस्पतालले जनाएको छ ।

झाडापाखाला, रुघाखोकी, ज्वरो, टाइफाइट, एलर्जी, निमोनियालगायतका भाइरलजन्य रोगका बिरामीको सङ्ख्या ह्वात्तै बढेको उपक्षेत्रीय अस्पताल डडेल्धुराकाले जनाएको छ । रोगको सङ्क्रमण हुनेमा बढी बालबालिका र वृद्धवृद्धा रहेको भागेश्वर गाउँपालिकाका स्वास्थ्य प्रमुख मानबहादुर शाहुले बताए ।

मौसम बदलीका कारण पानी फोहर हुने हुँदा विभिन्न रोगको सङ्क्रमण हुने चिकित्सकहरुको भनाइ छ । बालबालिका र वृद्धवृद्धा यसबाट बढी प्रभावित हुने गर्दछन् । वर्षाका कारण पानीका मुलमा फोहर मिसिने हुँदा भाइरलजन्य रोगको सङ्क्रमण बढेको उपक्षेत्रीय अस्पतालका ल्याव प्रमुख ईश्वरीप्रसाद भुसालले जानकारी गराए ।