काठमाडौं । प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्ने भएको छ । समसामयिक राष्ट्रिय राजनीतिक विषयमा छलफल गर्न संसदीय दलको कार्यालय सिंहदरबारमा दिउँसो बस्न लागेको हो ।
बैठकमा पार्टीले खेलेको भूमिकाका बारेमा समीक्षा हुने जनाइएको छ । साथै बैठकमा जनचासोको सार्वजनक मुद्दा, सरकारका काम कारवाहीलगायत विषयमा छलफल हुने जनाइएको छ ।
संघीय संसदको तेस्रो अधिवेशन आइतबारबाट सम्पन्न भएको छ । विधेयक अधिवेशनका नामले चिनिने यस अधिवेशनमा सत्तापक्ष र प्रतिपक्षबीचको समझदारीका कारण अधिकां विधेयक सहमतिका आधारमा पारित भएका थिए । आइतबार प्रतिनिधिभाको हिउादे अधिवेशन समापनका अवसरमा संसद बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विधेयक सहमतिमा पारित हुनु ठूलो उपलब्धी भएको बताए ।
सोही अवसरमा कांग्रेसका तर्फबाट पार्टी संसदीय दलका उपनेता विजयकुमार गच्छदारले सरकारका राम्रा काममा रचनात्मक सहयोग हुने बताए ।
त्यस्तै उनले सुरक्षा परिषदको काम, कर्तव्य र अधिकार, राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना र सूचना प्रविधिसमबन्धी विधेयकका बुँदा मुलुक र जनताको हितमा नभएको भन्दै संसदबाट ती विधेयक फिर्ता गर्न माग गरेका थिए ।