२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डोटीमा एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा

अ+ अ-

डोटी । डोटीमा पनि आजदेखि सुरु हुने एसइई परीक्षाको सम्पूर्ण तयार पूरा भइसकेको छ ।

शिक्षा विकास तथा समन्वय इकाई डोटीका प्रमुख अनन्त कुमार पौड्यालका अनुसार परीक्षाका लागि तीन महिलासहित १२ जना केन्द्राध्यक्ष नियुक्त भएका छन् ।

परीक्षालाई मर्यादित र भयरहित बनाउन सुरक्षा व्यवस्था मिलाइएको छ ।

यस वर्षको एसइई परिक्षामा डोटी जिल्लाबाट १ हजार ४ सय ५७ छात्रा र १ हजार ३ सय ९५छात्र गरी कुल २ हजार ८ सय ५२ परीक्षार्थी सहभागी छन् ।

परीक्षामा बर्छैन केन्द्रमा १ सय ४९ , लमौते केन्द्रमा १ सय १५, बुडर केन्द्रमा १ सय २४, खत्याडी केन्द्रमा २ सय २, वायल केन्द्रमा २ सय ६, सानागाउँ केन्द्रमा २ सय १३ परीक्षार्थीहरु रहेका छन । यसैगरी गोपघाट केन्द्रमा ३ सय ८५, राजपुर केन्द्रमा ४ सय ६, दिपायल केन्द्रमा ३ सय २१, मौवा केन्द्रमा ३ सय १३ र सिलगढी केन्द्रमा ४ सय १८ जना परीक्षार्थीहरु रहने शिक्षा बिकास इकाई डोटीले जनाएको छ । जसमा सबै भन्दा बढी परीक्षार्थीहरु सिलगढी स्थित पद्म पब्लिक मुक्तिनारायण मावि सिलगढीमा र सबैभन्दा कम दुर्गा मावि लमौते परीक्षा केन्द्रमा रहेका छन् ।

यस्तै पद्म पब्लिक मावि सिलगढीमा चैत २१ गतेसम्म प्राविधिक धारका विद्यार्थीको परीक्षा सञ्चालन हुनेछ भने अन्य ११ वटा केन्द्रहरूमा १८ गते परीक्षा सकिनेछ । सिलगढी स्थित पवित्र इङलिस बोर्डिङ स्कूलमा ग्रेड वृद्धि परीक्षाको लागि परीक्षा केन्द्र तोकिएको छ । उक्त परीक्षा केन्द्रमा शैक्षिक सत्र २०७३ सहित र सोभन्दा अगाडिका ३५ जनाको परीक्षा हुने छ भने शैक्षिक सत्र २०७४ का ६० जनाको ग्रेड वृद्धि परीक्षा भने सम्बन्धित परीक्षा केन्द्रमै हुनेछ ।