२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पुराना टावरको क्षमता विस्तारसँगै नयाँ थप

अ+ अ-

जाजरकोट । वर्षेनी टेलिफोनको समस्या भोग्दै आएका यहाँका जनताका लागि अब त्यो समस्या हट्ने भएको छ ।

भेरी नगरपालिकाको रानागाउँ, शिवालय गाउँपालिका–९ शेरी, छेडागाड नगरपालिका– १० सल्लीभीर, जुनिचाँदे गाउँपालिका– २ मजकोट, कुशे गाउँपालिका–८ लाताचुली, बारेकोट गाउँपालिका रतनकोटमा टावरमा क्षमता विस्तारको काम शुरु भएको छ । बादल देखिनासाथ अवरुद्ध हुने टावरमा सौर्य ऊर्जा थपेर टावरको क्षमता बढाउने काम शुरु भएको छ ।

स्काइ प्राविधि भएको ठाउँमा नमस्ते जडान गरी थप सेवा विस्तार गर्न लागिएको नेपाल टेलिकम जाजरकोटका प्रमुख लोकेन्द्र भण्डारीले जानकारी दिनुभयो । उनले भने, “काकीगाउँ, फम्दामा रहेका पुराना टावरमा क्षमता विस्तारसँगै स्काइ प्राविधि भएको ठाउँमा नमस्तेको टावर जोड्ने काम शुरु भएको भएको छ ।” त्यस्तै नलगाड नगरपालिका थाप्ला, बारेकोट गाउँपालिकाको निगालछाला, छेडागाड नगरपालिका टीकाचौरमा टावर निर्माणको काम शुरु भएको छ ।

त्यसैगरी नलगाड–८ गरालामा नमस्तेको टावर निर्माणकार्य अन्तिम चरणमा पुगको छ । निकट भविष्यमै मानघाट, थलह, मुर्क थलहको लागि काम शुरु हुनेछ । रुकुुमको घेत्मामा रहेको नमस्तेको टावरमा थप २५ मिटर थपेर स्तरोन्नतिको काम शुरु भएको छ ।

जिल्लाका सातै स्थानीय तहमा टेलिफोन सेवाको सहज पहुँचका लागि ६ महीनाभित्र काम पूरा हुने वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले बताए । चुनावको समयमा मन्त्री बस्नेतको चुनावी नारासमेत रहेको टेलिफोन सेवा विस्तार कार्यक्रम शुरु भएपछि स्थानीयवासी खुशी भएका छन् । भौगोलिक भूबनोटको जटिलता कारण टावरका सामग्री लिन समय लागेको उनले बताए ।

सडक विस्तारसँगै विद्युत्, सञ्चार र प्राविधिका कामसँगै बढाएको मन्त्री बस्नेतले बताए । बैंक स्थापना भई अधिकांश स्थानीय तहमा काम शुरु भएको भन्दै उनले भने, “केही ठाउँमा सुरक्षाका कारण बैंक सञ्चालनमा बाधा परेको छ, त्यो पनि छिट्टै हल गरिने छ ।” यसै वर्ष जिल्लाका सबै ठाउँमा केन्द्रीय लाइन विस्तार गरी उज्यालो अभियानलाई सफल बनाइने उनले बताए ।

एक वर्षभित्र जिल्लाका सबै ठाउँमा टेलिफोनको विस्तार गरी स्थानीयवासीलाई सहज रूपमा सेवा उपलब्ध गराउने उद्देश्यका साथ काम भइरहेको सांसद गणेशप्रसाद सिंहले बताए । अहिले टावरका सामग्री लिन ढिलासुस्ती गर्ने निर्माण व्यवसायीलाई ताकेता गरी छिटोछरितो काम गर्न निर्देशन दिइएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस