काठमाडौँ । काभ्रेमा प्रहरी र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा कार्यकर्ताबीच गोली हानाहान भएको छ ।
समूहलाई नियन्त्रण गर्न गएको महानगरीय प्रहरी अपराध महाशाखा टोलीमाथि मंगलबार राति फायरिङ गरेपछि प्रहरीले पनि जवाफी फायरिङ गरेको हो ।
प्रहरी अधिकारीका अनुशार रोशी गाउँपालिकामा भएको भनिए पनि के कति क्षति भयो भन्नेबारे एकिन विवरण आईसकेको छैन ।
नेकपाको गतिविधिबारे सूचना आएपछि प्रहरी टोली त्यहाँ पुगेको थियो। महाशाखाका एसपी सोमेन्द्र राठौर र डिएसपी रुगम कुँवर नेतृत्वको टोली त्यहाँ पुगेको हो।
मुलुकमा हिंसात्मक गतिविधि बढाएको भन्दै गत फागुन २८ गते चन्द समूहका गतिविधिमा प्रतिबन्ध लगाउने सरकारले निर्णय गरेको थियो ।







