३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चेक साट्न मेगा बैंकमा पुगेपछि राउटे …

अ+ अ-

दुल्लु । सुर्खेत, लेकबेँसी नगरपालिका–१ भेरी नदी किनारमा राउटे समुदायका केही बालबालिका खेल्दै र केही बालबालिका बालुवासँग लुकामारी गरिरहेका थिए । राउटे समुदायका युवायुवती कुकाठ लिन जङ्गलको यात्रा तय गर्दै थिए । कोही जङ्गल पुगिसकेका थिए भने कोही जङ्गलतर्फ जाने तयारीमा । समुदायका वृद्धवृद्धा पारिलो घाममा चिटचिट पसिना निकाल्दै चर्को घाम र पानी छेल्न बनाइएका टहराभित्र आफ्नै भाषामा गफिँदै थिए ।

समुदायका पाँच अगुवा भने सुकिलामुकिला कपडासहित कतै जाने तरखर गर्दै थिए । समुदायका तीन मुखिया, महामुखिया र एक युवासहित समुदायका अगुवा अन्त कतै नभएर कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेत जाने तयारीमा लागेका हुन् ।

एकैछिनमा जिप चढे र वीरेन्द्रनगर सुर्खेततर्फ लागे । उनीहरू सरासर मेगा बैंक शाखा सुर्खेतमा पुगे । बैंकमा पुगेर पाँचै जना लाइनमा उभिए । पालैपालो बैंकबाट चेक साटेर भुक्तानी लिए, त्यसपछि पाँचै जना फर्किए । समुदायका पाँच अगुवाले जागिर खाएपछि पहिलो महीनाको तलब थाप्न बैंक पुगेका थिए । त्यसअघि सामाजिक सेवा केन्द्र (सोसेक) का अध्यक्ष हीरासिंह थापाले उनीहरुलाई तलबवापतको चेक हस्तान्तरण गरेका थिए । उनीहरु फागुन महीनाको तलब लिन बैंक पुगेका हुन् ।

फिरन्ते जीवन बिताउँदै आएको लोपोन्मुख जाति राउटे समुदायका मुखियाले यही फागुन ११ गते पहिलोपटक जागिरको नियुक्तिपत्र बुझेका थिए । विशेषगरी नेपालको पश्चिमका तीन प्रदेशका वन जङ्गलमा बसोबास गर्दै आएका समुदायका महामुखिया महिनबहादुर शाही, मुखिया सूर्यनारायण शाही, दिलबहादुर शाही र वीरबहादुर शाही तथा राउटे युवा प्रकाश शाहीलाई जागिर दिइएको थियो । एइआएन र सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखको साझेदारीमा सञ्चालित राउटे परियोजनाबाट उनीहरुलाई जागिर प्रदान गरिएको थियो ।

राउटे समुदाय बसोबास गरिरहेको स्थानमा राउटे पारासामाजिक कार्यकर्ताको पदमा रही समुदाय परिचालन, अन्य समुदायसँग समन्वय र सहकार्य गर्दै सशक्तीकरण गर्न समुदायका महामुखिया र मुखियासहित पाँच जनालाई रोजगारी दिइएको थियो । ती पाँचै जनाले समुदायमा बालबालिकालाई औषधि खुवाउन र व्यक्तिगत सरसफाइमा लाग्न उत्प्रेरित गराउने, समुदायमा बाल क्लब, महिला समूह र युवा समूह गठन गर्न सहयोग तथा सहजीकरण गर्ने, जोखिम तथा कुपोषित राउटे बालबालिकालाई पोषणयुक्त लिटो खुवाउन सहयोग गर्ने सोसेकका अध्यक्ष हीरासिंह थापाले बताए ।

उनका अनुसार बिरामी परेका र चोटपटक लागेका राउटे समुदायलाई उपचार गर्न सहयोग तथा सहजीकरण गर्ने, राउटे समुदाय बसेको सामुदायिक वन संरक्षणका लागि सकेसम्म थोरै क्षति हुने गरी आफ्नो सीपको प्रयोग गरी सामग्री निर्माण गर्न सहजीकरण गर्ने गरी जागिर दिइएको थियो ।

यस्तै आफू बसोबास गरेको नजिकको समुदाय, स्थानीय सामुदायिक वन, स्थानीय तह, सम्बन्धित प्रदेश सरकार र गुँरास गाउँपालिकासँग समन्वय र सहकार्य गर्ने, आफ्नो समुदायमा मदिरा प्रयोग, बेचविखन बन्द गर्ने, बाह्य सहयोगलाई एकद्धार प्रर्णालीमार्फत ग्रहण र सङ्कलनमा सहजीकरण गर्नुका साथै यसको जानकारी गाउँपालिकालाई गराउने उनीहरुको नियुक्तिपत्रमा उल्लेख गरिएको छ । राउटे पारासामाजिक कार्यकर्ताको पदमा रही सामुदायिक तथा राष्ट्रिय वन क्षेत्रभित्रका काठहरु कमभन्दा कम क्षति हुने गरेर घर निर्माणमा सहजीकरण गर्ने अध्यक्ष थापाको भनाइ छ ।

बैंकबाट चेक साटेर भुक्तानी लिएपछि समुदायका महामुखिया महिनबहादुर शाहीले आफ्नो तलब बैंकमा आएर लिन पाउँदा खुशी लागेको बताए । मुखिया सुर्यनारायण शाहीले आफु र आफ्नो जनताले बैंकबारे थाहा नपाएको बताउँदै बैंकमार्फत रकम लिँदा सजिलो भएको प्रतिक्रिया दिए ।

प्रतिक्रिया दिनुहोस