काठमाडौँ । सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूह आपराधिक संगठन भएको ठहर गर्दै प्रतिबन्ध लगाएको छ ।
मंगलबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले विप्लव समूह भनी चिनिने नेकपा नामको समूहलाई प्रतिबन्ध लगाउने घोषणा गरेको हो ।
विप्लव समूहले आपराधिक कृयाकलाप गरेको, विकासका पूर्वाधारमाथि बम विस्फोट गराउने र व्यक्तिको शान्ति सुरक्षामथि आक्रमण गर्ने कार्य गरेकोले विप्लव समूहका नामबाट कुनै पनि गतिबिधि गर्न नदिने गरी प्रतिबन्ध लगाउने निर्णय भएको उच्च स्रोतले प्रशासनलाई बतायो ।