२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रभावकारी कार्यान्वयन भएन बालश्रम ऐन

अ+ अ-

काठमाडौं । नयाँ बसपार्कस्थित होटल गोधुँलीमा दश वर्षीय रोहित विकले भाडा माझ्ने काम गर्दै आएको दुई वर्ष भयो ।

राउतले बिहानदेखि बेलुका नौ बजेसम्म भाडा माझेबापत बस्न र खाना मात्र पाएका छन् । उनको पारिश्रम भनेको बस्ने र साँझ विहानको खाना मात्रै हो । सानैमा बाबुआमा गुमाएका सिन्धुपाल्चोकका विकको आफ्नो भन्ने कोही छैन । उनलाई गाउँका चिनेजानेका स्थानीयले त्यो होटलमा ल्याएर काममा लगाइदिएका थिए ।

त्यसैगरी रामेछापका १३ वर्षीय जेके तामाङ पुरानो बसपार्कबाट चक्रपथ चल्ने माइक्रोबसमा सहचालकको रूपमा काम गर्छन् । घरको आर्थिक अवस्था कमजोर भएकाले आफू सहसचालक भएर काम गर्नुपरेको तामाङ बताउँछन् । “घरमा बाबा हुनुहुन्न, भाइबहिनी, आमा हुनुहुन्छ, विद्यालय जान्थे, शुल्क तिर्न पैसा नभएपछि यो काममा लागे”, उनले भने ।

उमेर नपुगी जोखिमयुक्त काम गर्ने रोहित र जेके प्रतिनिधि पात्र मात्र हुन् । उनीहरुजस्तै धेरै बालबालिकालाई बालश्रम (निषेध र नियमित गर्ने) ऐन, २०५६ विपरीत श्रमिकका रुपमा काममा लगाउने गरेको पाइन्छ । ऐनले बालबालिकालाई जोखिमपूर्ण काममा लगाउन निषेध गरेको छ । ऐनले १४ वर्ष उमेर नपुगेका बालबालिकालाई कुनै पनि स्वरुपको श्रमयुक्त काममा लगाउन नहुने व्यवस्था गरेको छ ।

केन्द्रीय बालकल्याण समितिका अनुसार विभिन्न सञ्चारमाध्यममा प्रकाशित बालश्रमसम्बन्धी चालू आर्थिक वर्षको प्रथम चौमासिकको अवस्था विश्लेषण गर्दा २० घटना प्रकाशमा आएका छन् । बालबालिकालाई श्रममा प्रयोग गरेको प्रकृतिलाई हेर्दा घरेलु तथा होटल श्रमिकका रूपमा सबैभन्दा बढी आठ छन् । भारतमा काम गर्नका लागि पाँच, सार्वजनिक यातायातमा श्रमिकको रुपमा तीन, इँटा उद्योग र लागुऔषध ओसारपसारमा दुई/दुई बालबालिका संलग्न रहेको पाइएको छ । लैङ्गिक रूपमा हेर्दा बालक १४ र बालिका छ रहेको समितिका सूचना अधिकारी रामबहादुर चन्दले जानकारी दिए ।

उमेर समूहका आधारमा १० वर्ष वा सो भन्दामुिनका एक, ११ देखि १४ वर्षका नौ र १५ देखि १८ वर्षका १० रहेका छन् । बालअधिकारकर्मी विकास केसीले सरकारले बालश्रममुक्त गर्ने हो भने भएका ऐन/कानूनको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने धारणा राख्छन् ।

सो अवधिमा विभिन्न कारणले २४ बालबालिकाको हत्या भएको घटना सार्वजनिक भएका छ । त्यसैगरी बालवालिकालाई विभिन्न प्रलोभनमा पारी बेचबिखन तथा ओसारपसार गर्नेक्रम पनि विद्यमान छ । यस अवधिमा १७ बालबालिका बेचबिखन तथा ओसारपसारमा परेका छन् ।