२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रहरी अधिकृतलाई बञ्जीजम्प अनिवार्य

अ+ अ-

चौतारा । रोमाञ्चकारी र साहसिक रुपमा खेलिँदै आएको सिन्धुपाल्चोकको लिस्तीमा अवस्थित बञ्जीजम्प आजदेखि प्रहरी अधिकृतको सेवा प्रवेश तालीममा पनि अनिवार्य गरिएको छ ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानबाट सञ्चालित १७९औँ समूहका प्रहरी निरीक्षक आधारभूत तालीममा सहभागी १४ जना महिलासहित १२० जनाले बञ्जीजम्प गरेका छन् । प्रहरीलाई विभिन्न समयमा उद्धार कार्य गर्नुपर्ने परिस्थितिमा आइपर्ने हुँदा बञ्जीजम्प अनिवार्य गरिएको प्रतिष्ठानका प्रहरी उपरीक्षक मधुसुदन लुईंटेलले बताए । यस प्रकारको तालीम गतवर्ष पनि सोही स्थानमा दिइएको थियो ।

पर्यटन सम्बन्धी वेभ नामक पत्रिकाका अनुसार विश्वको सबै भन्दा अग्लो बञ्जीजम्प दक्षिण अफ्रिकामा छ । त्यहाँको बञ्जीजम्पको उचाई २२० मिटर रहेको छ । भोटेकोशीको बञ्जीजम्प १६० मिटरको उचाइमा विश्वको दोस्रोमा पर्दछ ।

भोटेकोशी गाउँपालिका–५ मार्मिङ र वडा नं १ लिस्ती जोड्ने उक्त बञ्जी द लाष्ट रिसोर्ट प्रालिद्वारा नेपाली व्यवसायी विष्णुप्रसाद न्यौपाने र नेदरल्याण्ड नागरिक डेविडले वि.सं. २०५६ देखि सञ्चालनमा ल्याएका थिए । हाल दैनिक एक हजार २०० सम्म बञ्जी गर्न आउने र त्यसमध्ये ८५ प्रतिशत स्वदेशी रहेको व्यवस्थापक कुमार राउतले जानकारी दिए ।