२९ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विद्यार्थीको स्वास्थ्य परीक्षण गराउँदै गाउँपालिका

अ+ अ-

डोटी । डोटीको केआईसिंह गाउँपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको स्वास्थ्य परीक्षण गराउने अभियान सुरु गरेको छ । विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको स्वास्थ्य अवस्थाबारे बुझ्न गाउँपालिकाले स्वास्थ्य परीक्षण अभियानको सुरुवात गरेको छ ।

बुधबारबाट सुरु भएको अभियानले पहिलो पटक वडा नम्बर ५ कमलकट्टे स्थित भूवनेश्वर माविका विद्यार्थीहरुको स्वास्थ्य परीक्षण गरिएको थियो । डा.राजु गुरुङ्गको नेतृत्वमा खटिएको स्वास्थ्यकर्मीहरुको टोलीले स्वास्थ्य परीक्षण गरेको थियो ।

एक सय ९२ जना विद्यार्थीहरुको कुपोषणको अवस्था, तौल, उचाई नाप्नुकासाथै उनीहरुको कान, नाक, दात लगायत मुख्य अंङ्गहरुको बारेमा स्वास्थ्य परीक्षण गरिएको थियो । जसमा ३१ जना कुपोषित, ५१ जनाको दातमा खराबी, २० जनाको कानको जाली फुटेको फोहोर भरिएको, ५ जनाको आँखा कमजोर र समग्रमा ५१ प्रतिशत कुपोषण हुने सिमा रेखामा भेटीएका टोली प्रमुख डा.राजु गुरुङ्गले बताए ।

चालु आर्थिक वर्षमा केआईसिंह गाउँपालिका वडा नं ५ स्थित ४ वटा सामुदायिक विद्यालयहरुमा स्वास्थ्य परीक्षण गर्न गाउँपालिकाले बजेट बिनियोजन गरेको थियो ।

आगामी आर्थिक वर्षबाट गाउँपालिका भरिका सामुदायिक विद्यालयका विद्यार्थीहरुको स्वास्थ्य परीक्षण गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरेको गाउँपालिकाका अध्यक्ष लोकेन्द्र शाहीले बताए । उनले भने, ‘यो हाम्रो अभियानको सुरुवात हो यस वर्षमा हामीले एउटा वडालाई मात्र समेटेका हाँै, आगामी दिनमा गाउँपालिका भरि लागु गर्ने छौँ, विद्यार्थीको स्वास्थ्य परीक्षणको अवस्था पश्चात गाउँपालिकालाई नयाँ सिकाई भएको छ, आगामी दिनमा यो कार्यक्रमका साथै थप प्रभावकारी कार्यक्रमहरु संचालन गरिने छन् ।’ उनले २६ गते सरस्वति माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको स्वास्थ्य परीक्षण गरिने कार्यक्रम रहेको समेत बताए ।

आँखा कमजोर भएका विद्यार्थीहरुलाई चश्मा, महिनावारी भएका छात्राहरुका लागि सेनिटरी प्याड र विद्यालयलाई प्राथमिक उपचार सामाग्री भएको किटबक्स समेत बितरण गरेको स्वास्थ्य इकाई संयोजक तिल बहादुर बोहराले जनाए ।

गुणस्तरीय शिक्षाका लागि बालमैत्री विद्यालय राष्ट्रिय प्रारुप २०६७ ले व्यवस्था गरे अनुरुप सामुदायिक विद्यालयहरुले वर्षको २ पटक विद्यालयमा अध्ययनरत सम्पूर्ण बालिबालिकाहरुको स्वास्थ्य परीक्षण गराउनु पर्ने व्यवस्था भएपनि हाल सम्म सुदूरपश्चिमका डोटी बाहेकका अन्य जिल्लाहरुका कुनै पनि सामुदायिक विद्यालयहरुले यो नीति अबलम्बन गरेको देखिदैन ।

डोटी जिल्लाको हकमा भने यो भन्दा पहिले दिपायल सिलगढी नगरपालिका वडा नम्बर ७ ले आफ्नो वडा भित्र रहेका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको स्वास्थ्य परीक्षण गराएको थियो । विद्यार्थीहरुको स्वास्थ्य परीक्षण गराउने यो दोस्रो स्थानीय तह हो ।

प्रतिक्रिया दिनुहोस