नेकपा प्रदेश २ को आमसभामा प्रधानमन्त्रीले सम्बोधन गर्ने « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

नेकपा प्रदेश २ को आमसभामा प्रधानमन्त्रीले सम्बोधन गर्ने


२५ फाल्गुन २०७५, शनिबार


काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को २ नम्बर प्रदेशस्तरीय आमसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन् ।

नेकपा प्रदेश नम्बर २ कमिटीको आयोजनामा रौतहटको गरुडामा हुने आम सभालाई प्रधानमन्त्री लगायत अन्य विशिष्ट नेताहरुले पनि सम्बोधन गर्ने छन् ।

नेकपा प्रदेश २ ईञ्चार्ज सत्यनारायण मण्डलले आमसभामा १ लाख जनता उतार्ने तयारी भइरहेको जानकारी दिएका छन् । पार्टी एकीकरणपछि नेकपाले मधेसमा राजनीतिक वैचारिक सभा गर्न लागेको हो ।

आमसभा दिउँसो १२ बजेदेखि सुरु हुनेछ । विभिन्न सञ्चार माध्यमले आमसभाको प्रत्यक्ष प्रशारण गर्नेछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस