३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्थानीय खानाका परिकारले होटल व्यवसाय फस्टाउँदो

अ+ अ-

गाईघाट । पर्यटन क्षेत्रको विकास तथा विस्तारका लागि उदयपुर गाईघाटका होटल व्यवसायीले स्थानीय जातजातिको खानाका परिकार उत्पादन र बिक्रीवितरण गर्ने अभियान चलाएको छ ।

जिल्ला होटल व्यवसायी संघ उदयपुरले जिल्लाका विभिन्न जातजातिको खानाको परिकारको पहिचान, उत्पादन र बिक्रीवितरण गर्ने अभियान शुरु गरेको हो ।

जिल्लाको सदरमुकाम गाईघाट, कटारी तथा बेल्टार क्षेत्रका होटल व्यवसायीले यहाँका दलित, आदिवासी र जनजाति समुदायका विभिन्न खानाका परिकार उत्पादन गरी बिक्री गर्ने कार्य शुरु गरेको जिल्ला होटल व्यवसायी संघ उदयपुरका अध्यक्ष कृष्ण श्रेष्ठले बताए ।

‘स्थानीय खानाको परिकार उत्पादन र बिक्रीवितरण गर्न थालेपछि होटल व्यवसायसमेत फष्टाउन थालेको छ’, अध्यक्ष श्रेष्ठले भने, ‘अहिले गाईघाट बजारका होटलमा स्थानीय थारू जातिको खानाको परिकार, बगिया तथा घुङ्गी, नेवार जातिको छोयला, कचिला, यामरी र मगर, दनुवार र राई जातिका ढिडो, दाल सिस्नु, सिन्की, गुन्द्रुकको परिकार उत्पादन तथा बिक्रीवितरण गरिरहेका छौं ।’

यसैगरी क्षेत्री, ब्रह्माणका खानाको परिकार सेलरोटी, खिर, खिचडी, ढिडो, गुन्द्रुकजस्ता परिकार होटलमा उत्पादन र बिक्रीवितरण हुन थालेपछि अहिले जिल्लाभित्रका आगन्तुकबाट नै होटल भरिभराउ हुने गरेको स्थानीय मेलिना होटलका सञ्चालक गङ्गाबहादुर राई बताउछन् ।

सबैभन्दा बढी बिक्री हुने र अधिकाँशले मनपराउने खानाको परिकारमा मकैको ढिडो, दाल सिस्नो, गुन्द्रुक, सिन्की, मूलाको अचार, थारू जातिको घोगी बगिया, छोयला र कचिला रहेको होटल व्यवसायीले बताउँछन् ।

ढिडो, गुन्द्रुक, सिस्नो र दाल, घोंगी खानका लागि टाढा–टाढाबाट यहाँ आगन्तुक आउने गरेको दिक्तेली होटलका सञ्चालिका सविता पराजुलीले बताए । ‘हिजोआज गाईघाट बजारका होटलमा स्थानीय जातजातिको खानाको परिकारले बजार लिएको छ’, होटल व्यवसायी संघ उदयपुरका सदस्य कमला श्रेष्ठले भने, ‘जिल्लावासी मात्रै होइन, अन्य जिल्लावासीले पनि यहाँका स्थानीय खानाका परिकार खान उल्लेखीय मात्रामा आउने गर्छन् । ‘

कटारी, बेल्टार बजारका क्षेत्रमा समेत अहिले स्थानीय खानाका परिकार उत्पादन र बिक्री कार्य शुरु भएपछि स्थानीयवासीदेखि बाहिरबाट आउने आगन्तुकको सङ्ख्यामा समेत वृद्धि भएको होटल सञ्चालकहरु बताउँछन् ।

बेल्टार सगरमाथा होटलका सञ्चालक जीवन कार्कीका अनुसार अहिले घोंगी, मकैको भात, ढिडो र सिस्नु खानेको भीड लाग्न थालेपछि यो व्यवसाय राम्रोसँग फस्टाउन थालेको छ । उनले भने, ‘अहिले स्थानीयवासी र बाहिरबाट आउने ग्राहक आगन्तुक पहिला होटलमा आएर ढिडो, सिस्नु, गुन्दुकजस्ता खानाको माग गर्ने गरेको छ भने बाहिरबाट फोनमा जानकारी लिएर समेत यस्ता खाना खान आउने ग्राहकको सङ्ख्या पनि उल्लेख्य छ ।’होटलमा आउने ग्राहकमध्ये ५० प्रतिशतले स्थानीय खानाको माग गर्ने गरेको होटल सञ्चालक बताउँछन् ।

जिल्ला होटल व्यवसाय संघ उदयपुरको अगुवाइमा जिल्लाको स्थानीय खानाको पहिचान गराउने र आन्तरिक पर्यटकको विकासमा वृद्धि गर्न खानाको परिकारको उत्पादन र बिक्री गर्ने कार्य अगाडि बढेसँगै होटलमा स्थानीय खानाको बिक्रीमा वृद्धि भएको होटल सञ्चालकहरु बताउँछन् ।

बेल्टारको पुमा होटलका सञ्चालिका जयन्ती राईका अनुसार अहिले आफ्नो होटेलमा ५० प्रतिशत स्थानीय खानाको परिकार बिक्री हुने गरेको बताए । राईले भने, ‘हप्तामा १०० को सङ्ख्याभन्दा बढी होटलमा आउने ग्राहक ढिडो, सिस्नु र दाल, गुन्द्रुक र घोंगीको माग गर्ने गरेका छन्, अहिले हप्तामा पचासौँ हजारसम्मको यस्ता स्थानीय खाना बिक्री हुने गरेको छ ।’

जिल्लाभित्रका जातजाति आबद्ध स्थानीय खानाको परिकारको परिचय गराउनाले जिल्लाको पहिचानका साथै आन्तरिक पर्यटनको विकासमा टेवा पुग्ने विश्वास होटल व्यवसायीको छ ।

प्रतिक्रिया दिनुहोस