२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विकासप्रेमी नेताको निधन

अ+ अ-

उर्लाबारी । शनिबार राति निधन भएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारी एक विकासप्रेमी नेता थिए । उनी मोरङको तत्कालीन निर्वाचन क्षेत्र नं २ बाट तीन पटक प्रतिनिधिसभामा निर्वाचित थिए ।

वि.सं. २०४८ को प्रतिनिधिसभा सदस्यको निर्वाचनमा नेता अधिकारीले नेपाली काङ्ग्रेसका जगत्मान आङदेम्बेलाई हराएका थिए । यसैगरी वि.सं. २०५१ मा भएको प्रतिनिधिसभाको मध्यावधि निर्वाचन र २०५६ मा भएको प्रतिनिधिसभा निर्वाचनमा नेता अधिकारी सोही निर्वाचन क्षेत्रबाट काङ्ग्रेसकै बसन्त भट्टराईलाई हराउँदै निर्वाचितभएको थियो । वि.सं. २०६४ मा भएको पहिलो संविधानसभाको निर्वाचनमा भने उनी तत्कालीन नेकपा (माओवादी) का लालबहादुर सुस्लिङ मगरसँग पराजित हुनुभएको थियो । नेता अधिकारीले यस क्षेत्रको विकास निर्माणमा ठूलो योगदान दिएका छन् ।

रतुवामाईस्थित बक्राहा खोलामा पुल, उर्लाबारी–बरडङ्गा–विराटनगर सडकखण्डमा कालोपत्र, उर्लाबारी–मधुमल्ला–रवि सडक निर्माण, बक्राहा, मावा, लोहन्द्रा खोला नियन्त्रणलगायतका काममा उनको योगदान रहेको छ । प्रत्येक पटक आफ्नो निर्वाचन क्षेत्रमा आउँदा क्षेत्रको विकास योजनामा चासो राख्ने र सबै राजनीतिक दलको भावनालाई सम्बोधन गर्ने उनको स्वभावलाई सम्झँदै यस क्षेत्रका मतदाता सामाजिक सञ्जालमा समवेदना व्यक्त गरिरहेका छन् ।

मोरङ क्षेत्र नं १ का प्रतिनिधिसभा सांसद् घनश्याम खतिवडा स्व अधिकारी निःस्वार्थ विकासप्रेमी नेता भएको बताउनछन् । “पूर्वी मोरङको विकास, निर्माण र समृद्धिको काम गर्ने कुशल नेतृत्व गुमाएका छौँ”, उनले भने, “लोकतन्त्र र समृद्धिका लागि अहोरात्र खट्ने, कुशल सङ्गठनकर्ता, विकासप्रेमी नेता अधिकारीलाई यस क्षेत्रका स्थानीयवासीले कहिल्यै भुल्ने छैनन् ।”

पहिले उर्लाबारी मावाखोला पसेर बगरमै परिणत भएको थियो, समाजसेवी एवं नेकपाका स्थानीय नेता मानबहादुर श्रेष्ठ भन्छन्, “उनको सक्रियतामा सो खोलामा तटबन्ध निर्माण भएपछि उर्लाबारी अहिलेको अवस्थामा आएको हो ।” तत्कालीन मोरङको निर्वाचन क्षेत्र नं २ का गाउँमा सडक थिएन, बिजुली थिएन श्रेष्ठले भने ।

वि.सं. २०५१ मा अधिकारी पहिलोपटक अर्थमन्त्री हुँदा उर्लाबारी–मधुमल्ला–रवि सडकखण्ड निर्माणका लागि औपचारिक रूपमा सरकारी योजनामा पर्न सफल भएको थियो । हाल सो सडकखण्ड निर्माण सम्पन्न भई सवारीसाधन सञ्चालन भइरहेका छन् ।

अधिकारी काठमाडौंमा रहँदा यस क्षेत्रका नेता, कार्यकर्ता एवं शुभेच्छुक उनलाई भेट्न जाँदा जहिल्यै पनि उनले उर्लाबारी–मधुमल्ला–रवि सडकखण्ड र बक्राहा, मावाखोलाका विषयमा जिज्ञाशा राख्ने गरेको नेकपाका नेतृ विद्या चाम्लिङ बताउँछन् । उर्लाबारी उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष गोवर्द्धन शाक्य अधिकारीलाई कार्यकर्ताको निकै चिन्ता गर्ने नेताका रुपमा सम्झन्छन् । निर्वाचनको बेलामा होस् या अन्य पार्टीको कार्यक्रममा उनले कार्यकर्ताको अवस्थाका विषयमा सधैँ चिन्ता गर्थे, शाक्यले भने ।

नेता अधिकारीको कार्यकालमा देशमा विकास निर्माणको शुरुआत भएको तथा किसान, मजदुर, ज्येष्ठ नागरिकलाई महसुस हुनेगरी कार्यक्रम आएको थियो । पूर्वी मोरङको विकास निर्माणमा उदार मनका नेता भएकाले सबैले उनको उच्च सम्मान गर्ने गरेका छन् ।